आज : २०७७ कार्तिक ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

राष्ट्रिय युवा संघ, नेपाल जाजरकोटको संयोजकमा बस्नेत

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/६/१७ गते
जाजरकोट

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृसंगठन राष्ट्रिय युवा संघ, नेपाल जाजरकोटको संयोजकमा जयबहादुर बस्नेत मनोनित भएका छन् । राष्ट्रिय युवा संघ, नेपालको केन्द्रिय ईन्चार्ज र सह–ईन्चार्जको सहमतिमा बस्नेतलाई जाजरकोटको संयोजकमा मनोनित गरिएको हो ।

केन्द्रिय ईन्चार्ज र सह–ईन्चार्जको सहमतिमा जिल्लाको ईन्चार्ज र सह–ईन्चार्ज मनोनित गर्नुपर्ने संगठन एकताका बाँकी कामलाई पुरा गरेको विश्वबिक्रम शाहले जानकारी दिए । शाहले दिएको जानकारी अनुसार जाजरकोटको ईन्चार्जमा मनोज विक (मोहित) लाई मनोनित गरेको छ भने, सह–ईन्चार्जमा विश्व विक्रम शाहलाई मनोनित गरेको छ ।

यस अघिका जिल्ला अध्यक्ष दिपेन्द्र शाही (डिएन) भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकास घर्तीसंगको बिवादमा मुछिएपछि अध्यक्ष शाहीलाई संगठनले निलम्बित गरेको थियो । शाहीलाई संगठनले निलम्बित गरेपछि उपाध्यक्ष जयबहादुर बस्नेतलाई जाजरकोटको संयोजकमा मनोनित गरिएको हो ।

हालै मनोनित भएका जाजरकोटका ईन्चार्ज विक र सह–ईन्चार्ज शाह दुबै युवासंघ, नेपालका केन्द्रिय सदस्य हुन् ।


Tagged
प्रतिकृया दिनुहोस्