आज : २०७७ कार्तिक ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

समाजवादी क्रान्तिको कार्यभार पुरागर्ने पार्टी संगठन बनाउनु पर्छ :– नेता आचार्य

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/६/१५ गते
जाजरकोट

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएतापनि समाजवादी क्रान्ति सम्पनन गर्न अझै बाँकी रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य निरज आचार्यले बताएका छन् । बिहिबार जिल्ला सदरमुकाम खलंगमा पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा नेता आचार्यले यस्तो बताएका हुन् ।

तीन महिना ( गत असार १० देखि भदौ २६ गते) सम्म चलेको (नेकपा) सचिबालय बैठकले पार्टी एकतालाई मजबुद बनाउन मार्ग निर्देश गरेको बताउदै जाजरकोट जिल्लाका सहईन्चार्ज समेत रहेका आचार्यले पार्टी सचिबालय बैठकले पार्टी एकताका बाँकी कामलाई पूरा गर्न, आगामी महाधिवेशन सम्पन्न गर्न १६ वटा बुदामा सैद्धान्तिक रुपमा निर्देशन गरेको बताए । सचिवालय बैठकले निर्देशन गरेको मार्ग अनुरुप यतिवेला पार्टीले सबै गाउँ–नगर र वडाहरुमा पार्टीका कार्यक्रमहरु संचालन गरिरहेको बताए ।

पार्टी विधानमा गरिएको व्यवस्था अनुसार गाउँ–नगर कमिटिमा १० प्रतिशत सदस्य मनोनित गर्ने कामहरु सम्पन्न भएको आचार्यले भनाई राखेका थिए । जनताको व्यवस्था प्राप्तीपछि निर्माण गरिने पार्टी केका लागि ? भन्ने पत्रकारहरुको जिज्ञासामा नेता आचार्यले अब निर्माण गरिने पार्टी भनेको समाजवादी क्रान्तिको कार्यभारलाई पुरा गर्न भएको भनाई राखेका थिए । अब निर्माण गरिने पार्टीले जनताको अधिकार र व्यवस्था प्राप्तीको लागि नभएर चुनावमा भोट प्राप्त गर्नलाई निर्माण गर्नुपर्ने उनले बताएका थिए । समाजवादी क्रान्ति सम्पन्न गर्नको लागि पुजीवादी व्यवस्थाको विकास भएको हुनुपर्ने बताउदै नेता आचार्यले पुजीवादी व्यवस्थाको विकास गर्न भोक बैंकबाट पार्टी सत्तामा गएर पुजीवादी अर्थतन्त्र र पुजीवादी पूर्वाधार विकास गर्नु पर्ने भनाई राखेका थिए ।

प्रतिकृया दिनुहोस्