आज : २०७७ कार्तिक १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जाजरकोट बहुप्राविधिक शिक्षालयको जग्गा प्रकरण

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/५/२८ गते
जाजरकोट

जाजरकोट बहुप्राविधिक शिक्षालयको नाममा खरिद तथा अधिकरण गरिएको जग्गाको बिषय यतिवेला चर्चामा रहेको छ । फेसबुक तथा सामाजिक सञ्जालमा मार्फत उक्त बिषयलाई चर्चामा ल्याईएको हो । चर्चामा आएको बिषयले सरकारी बजेटबाट खरिद गरिएको जग्गामा नाफा तथा कमिशनको खेल भएको हो कि ? भन्ने नागरिकहरुमा भ्रम र आशंकाहरु पैदा गरिएको छ ।

सामाजिक सञ्जाल (फेसबुक) मा स्टाटस लेखेर आम नागरिकहरुमा आशंकाको अन्यौलता पैदा गर्नेमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केहि जिम्मेवार नेताहरु नै रहेका छन् । नेताहरुले लेखेका स्टाटसहरुमा नगरपालिकामा कार्यरत कर्मचारीले समेतले प्रतिक्रिया दिने र जिज्ञासाहरु राख्ने गरेपछि झन बढि फेसकुक स्टाटसको दोहोरी चलाएर नागरिकहरुमा अन्यौलता सृजना गर्ने काम भएको पाईएको छ ।

केहि दिन अगाडि नेकपाका एक नेताले ‘नेपालको कम्युनिष्ट सरकारले देश र जनताको पक्षमा कामगर्ने सवालमा ३ लाखको जग्गा किनेर ४५ लाख भएजस्तो गुणात्मक परिवर्तन नभएपनि आंशिक परिवर्तन हुनु पर्छ ।’ भनेर लेखेको स्टाटसमा नगरपालिकामा कार्यरत एक कर्मचारीबाट ‘कुरा बहुप्राविधिकको जस्तो लाग्यो । कति मुल्य परेको हो ? जगतिपुरका बेच्ने र किन्ने जग्गा धनीलाई बुझ्दा राम्रो । अनि सरकारी दररेट पनि कति हो ? त्यो पनि बुझ्न जरुर होला । कम्तिमा बहुप्राविधिक शिक्षालय सुरु भयो भन्ने गर्वको बिषय पनि रहला । खुद जग्गाको मुल्य कति गयो भन्ने त्यो पनि स्पष्ट हुनुपर्ला । विधि र निति कस्तो छ त्यो पनि बुझ्नुपर्ने होईन ? …….’ भनेर प्रतिक्रिया दिएपछि बिषयबस्तुले झनै प्रस्य पाएको देखिन्छ ।

त्यसपछि नेताहरुले चलाएको स्टाटस दोहोरीले पार्टीका नेता तथा कार्यकर्ता, समर्थक तथा शुभ–चिन्तक र आम नागरिकहरुमा झनै दोबिधा पैदा गरेको थियो । स्टाटस दोहोरीको पक्ष लिदा र बिपक्षमा उभिदा–उभिदै सचेत नागरिकहरुका बिचमा पनि लक्ष्मण रेखाहरु कोरिन थालेका छन् । समुदायका बिचमा खाडलहरु पैदा हुन थालेका छन् । सर्वसाधारणहरु अन्यौलताको भुमरीमा हराई रहेका छन् ।

एउटै पार्टीका तर, मन मिल्न र मिलाउन नसकेका जिम्मेवार व्यक्तिहरुबाटै बहुप्राविधिक शिक्षालयको नाममा खरिद गरिएको जग्गाको बिषयलाई स्टाटस मार्फत राजनीति गर्ने क्रिडा स्थलमा परिणत भएको कुरा सामान्य नागरिक र सर्वसाधारणलाई पत्तै भएन् ।

नेताले सुरुमा लेखेको स्टाटसका प्रतिक्रिया यस्तो थियो, पढ्नु होलाः–

त्यसपछि अर्का नेताले लेखेको स्टाटस यस्तो रहेको छ, पढ्नलाई यसमा क्लिंक गर्नुहोलाः–

त्यसपछि पहिलो स्टाटस लेख्ने नेताले दोर्याएर लेखेको स्टाटस यस्तो रहेको छ, पढ्नलाई यसमा क्लिंक गर्नुहोलाः–

उक्त स्टाटसमा गरिएका टिप्पनी, प्रतिक्रिया, सुझाव तथा वाद प्रतिवाद र सवाल जवाफले पार्टीका नेता, कार्यकर्ता, सत्तामा रहेका जनप्रतिनीधि, कर्मचारी, पत्रकार र नागरिक समाजका अगुवाहरुलाई समेत लज्जित बनाएको आभाष हुने गरेको छ । एउटै राजनैतिक पार्टी भित्र एक पक्षले अर्को पक्षलाई तल नपारी राजनैतिक भर्याङको सिढी चढ्न नसक्किने मनोवृद्धीले स्टाटसहरु झनै छताछुल्ल भएका छन् ।

त्यसपछि अर्का नेताले लेखेको स्टाटस यस्तो रहेको छ, पढ्नलाई यसमा क्लिंक गर्नुहोलाः–

त्यसपछि अर्का नेताले लेखेको स्टाटस यस्तो रहेको छ, पढ्नलाई यसमा क्लिंक गर्नुहोलाः–

शिक्षालयको नाममा अधिकरण गरिएको जग्गाको बिषयमा स्टाटसद्धारा नेताहरु शव्दजाल फाल्न आफुसंग भएको सिप र कला कौशललाई भरपुर मात्रामा प्रयोग गरेका छन् । कला कौशल प्रयोग गरिएका शव्दजालद्धारा नेताहरुबाटै नागरिकहरुलाई भ्रमित बनाउने काम भएको छ ।

नागरिकको तहमा फैलाईएका भ्रमहरुको चिरफार गर्ने उदेश्यले जिल्ला मालपोत कार्यालय, भेरी नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा पुगेर हामीले बास्तबिकता बुझ्ने प्रयास गरेका थियौं ।

भेरी नगरपालिकाको २०७६ असारमा सम्पन्न नगर सभाले बहुप्राविधिक शिक्षालयको नाममा जग्गा खरिद गर्न ४० लाख बजेट बिनियोजन गरेको छ । उक्त बजेट नगरपालिकाको आर्थिक तथा बिनियोजन ऐन, २०७६ को सामाजिक विकास तर्फको १ नम्बर शिर्षकमै उल्लेख गरिएको छ ।

जिल्ला मालपोत कार्यालयको श्रेष्ता हेर्दा बहुप्राविधिक शिक्षालयको नाममा पास गरिएको २१ रोपनी १५ आना ३ पैसा ३ दाम जग्गा भेरी नगरपालिका–११ का मुकुन्द जैसी, गोपाल जैसी र दामोदर जैसीको नामबाट क्रमश १७३५, १७३७ र १८४९ कित्ता नम्बर रहेको जग्गा रमेश जैसीले २०७५ साल पुस १६ गते आफ्नो नाममा लिएका छन् । रमेश जैसीले जग्गा आफ्नो नाममा लिदा जग्गाको मुल्य क्रमशः ९ लाख ९९ हजार, ९ लाख ९९ हजार र ९ लाख ९० हजारगरी जम्मा २९ लाख ८८ हजारको जग्गा रजिष्टेशन शुल्क तिरेको पाईएको छ ।

बहुप्राविधिक शिक्षालयको नाममा जग्गा व्यवस्थापन गर्न भेरी नगरपालिकाको नगर सभाले बजेट बिनियोजन गर्नु भन्दा पहिले नै रमेश जैसीले मुकुन्द जैसी, गोपाल जैसी र दामोदर जैसीको नाममा रहेको जग्गा आफ्नो नाममा लिई सकेको मालपोतको श्रेष्ताले देखाएको छ ।

२०७६ मंसिर ३० गते नेपाल सरकार मन्त्रीपरिषदको निर्णय नम्बर ४ (१) को निर्णयमै भेरी नगरपालिका–५ मा रहेको १७३५, १७३७ र १८४९ कित्ता नम्बरको ११,१९०.२९ वर्गमिटर क्षेत्रफल रहेको जग्गा भनि उल्लेख गरिएको छ । उक्त निर्णयको व्यहोरामा जग्गा प्राप्ती गर्दा लाग्ने मुआब्जा लगाएत सबै खर्च सम्बन्धित स्थानीय तहले नै व्यहोर्नेगरी जग्गा प्राप्ती ऐन २०३४ को दफा ३ क बमोजिम देहायका स्थानीय तहलाई देहाय बमोजिम जग्गा प्राप्ती गर्न स्वीकृति प्रदान गर्ने भनेर उल्लेख गरिएको छ ।

उक्त मन्त्रीपरिषदको निर्णयमा जाजरकोटको भेरी नगरपालिकालाई जाजरकोट बहुप्राविधिक शिक्षालयको लागि, गोरखाको भिमसेनथापा गाउँपालिकालाई प्रशासकीय भवन निर्माण गर्नका लागि, प्युठानको प्युठान नगरपालिकालाई पुलको संरचना बनाउनका लागि, संखुवासभाको पाँचखाल नगरपालिकालाई प्रहरी चौकीको स्तरउन्नती र प्राथमिक स्वास्थ्य केन्द्रको स्तरउन्नतीका लागि, रौतहटको माधवनारायण नगरपालिकालाई स्वास्थ्य चौकी भवन निर्माण गर्न, धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिकालाई रङ्गशाला निर्माण गर्न, धनुषाको बटेश्वर गाउँपालिकालाई खानेपानी योजना, स्वास्थ्य चौकी र प्रसुती गृह निर्माण गर्ने, धादिङ्गको गल्छी गाउँपालिकालाई वडा कार्यालय भवन निर्माण गर्न, काठमाडौंको टोखा नगरपालिकालाई प्रशासकीय भवन बिस्तार गर्न, रौतहटको ईशनाथ नगरपालिकालाई प्रशासकीय भवन निर्माण गर्न र सिन्धुपालचोकको मेलम्चि नगरपालिकालाई अस्पताल निर्माण गर्नका लागि ११ वटा स्थानीय तहमा रहेको जग्गाको कित्ता नम्बर र क्षेत्रफल पनि किटान गरिएको छ ।

प्राविधिक शिक्षालयलाई जग्गा प्राप्ती सम्बन्धि भेरी नगरपालिकालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७६ माघ ३ गते दिएको सहमति पत्रमा पनि भेरी नगरपालिका–५ मा रहेको जग्गाको कित्ता नम्बर र क्षेत्रफल किटान गरिएको छ ।

२०७७ साउन २६ गते तत्कालिन प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको अध्यक्षतामा जग्गा प्राप्ती ऐन २०३४ को दफा १३ (२) ले गरेको व्यवस्था अनुसार मुआब्जा निर्धारण समितिको बैठकले उक्त जग्गाको एकमुष्ट ४० लाख मुआव्जा रकम निर्धारण गरेको छ । मुआब्जा निर्धारण समितिको बैठकको निर्णयमा जाजरकोट बहुप्राविधिक शिक्षालयको लागि जग्गा प्राप्ती ऐन २०३४ बमोजिम तोकिएका प्रारम्भिक अधिकृत मिनबहादुर बस्नेतले स्थलगत अध्ययनगरी पेश गरेको प्रतिवेदन, सम्बन्धित जग्गाधनीले जग्गा उपलब्ध गराईदिन गरेको लिखित प्रतिबद्धता, मालपोत कार्यालय, जाजरकोटको न्युनतम मुल्याङकण समेतको अध्ययन गर्दा जग्गाधनीले माग गरेको जग्गा बाफतको मुआब्जा रकम न्युतम मुल्य भन्दा कम मुल्य रकम मागगरी उपलब्ध गराउन लिखित रुपमा सहमत भएकोले जग्गा प्राप्ती ऐन २०३४ को दफा १३ (२) बमोजिम उक्त जग्गाहरुको एकमुष्ट रकम ४० लाख मुआब्जा रकम निर्धाण गरी जग्गा अधिकरण गर्ने भनेर उल्लेख गरिएको छ ।

मालपोत कार्यालयको श्रेष्ता अनुसार मुआब्जा निर्धारण समितिको बैठकले मुआब्जा निर्धारण गरेकै दिन २०७७ साउन २६ गते रमेश जैसीले पुँजीगत लाभकर ५५ हजार ६ सय राजश्व बुझाएर आफ्नो नाममा भएको जग्गाको लगत कट्टागरी जाजरकोट बहुप्राविधिक शिक्षालयको नाममा रजिष्टेशन गरेका छन् । आफ्नो नाममा रहेको जग्गा जाजरकोट बहुप्राविधिक शिक्षालयको नाममा गएको जग्गाधनी दर्ता प्रमाण पुर्जाको फोटोकपि, पुँजीगत लाभकर बुझाएको नगदी रसिदसंगै अन्य आबश्यक कागजजात सहित मुआब्जा रकम भुक्तानीको लागि रमेश जैसीले साउन २८ गते नगरपालिकामा निवेदन पेश गरेका छन । पेश गरिएका कागजजात सहितको निवेदनका आधारमा नगरपालिकाले जैसीलाई ४० लाख भुक्तानी दिएको छ ।

स्टाटसद्धारा दोहोरी खेल्ने तथा सवाल जवाफ गरिरहेका नेकपाका नेतासंग स्पष्टताको लागि टेलिफोनमा हामीले जाजरकोट बहुप्राविधिक शिक्षालयको जग्गा खरिदमा खास के भएको हो ? भनेर सोधेका थियौं । हामीले सोधेको पश्नको जवाफमा स्टाटस लेख्ने नेकपाका मुख्य दुई नेताले जाजरकोट बहुप्राविधिक शिक्षालयको जग्गा खरिदका बिषयमा आफुहरुलाई विस्तृत जानकारी नभएको बताएका छन् । शिक्षालयको जग्गाको बिषयमा स्टाटस लेख्ने मनसाय पनि आफुसंग नरहेको तर, स्टाटसका कतिपय बिषयबस्तुहरु आफुसंग ठोकिन आएको हुदा त्यस्तो लेख्नु परेको बताउने गरेका छन् ।

बहुप्राविधिक शिक्षालयको जग्गा खरिदको बिषयलाई लिएर फेसबुकमा नेताहरुले लेखेका स्टाटस र बजारमा चलिरहेका हल्लाका बिषयमा खास के भएको हो ? भनेर हामीले भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकास घर्तीसंग टेलिफोनमा सोधेका थियौं । हामीले सोधेका प्रश्नको जवाफमा नगर प्रमुख घर्तीले बहुप्राविधिक शिक्षालय लगाएतका अन्य सामाजिक सरोकारका बिषयमा नागरिक तहमा कुरा उठ्नु, चासो देखाउनु र सक्रियता बढाउनुलाई सकारात्मक रुपमा लिनुपर्ने बताएका थिए । कोरोना भाईरसका कारण समयमै बर्षभरी भएगरेका कामको बार्षिक शमिक्षा नगरपालिकाले गर्न नसकेको हुदा नगरपालिकाकै कतिपय जनप्रतिनीधिहरु पनि काम कारबाहीका बिषयमा स्पष्ट हुन नसकेको, पालिकामा क्रियाशिल पार्टीका नेता तथा कार्यकर्ताहरुलाई पनि स्पष्ट पार्न नसकिएको बताउदै नगर प्रमुख घर्तीले अबको केहि दिनमै नगरपालिकाले बार्षिक शमिक्षा गोष्ठीको आयोजना गरेर उठेका बिषयबस्तुमा स्पष्ट पार्ने बताएका छन् । तत्काल पत्रकार सम्मेलनको आयोजना गरेर नागरिक तहमा उठेका कतिपय बिषयबस्तुहरुलाई सञ्चार माध्यमकाट नगरपालिकाले स्पष्ट पार्ने योजनामा रहेको नगर प्रमुख घर्तीको भनाई रहेको छ ।

पेटमा गएको बिषले एक जनालाई मात्र असर गर्ने तर, कानमा गएको बिषले हजारौलाई असर गर्ने बताउदै नगरप्रमुख घर्तीले नगरपालिकाले गरेका काम कारबाहीहरुमा शंका लागेमा बिषयबस्तुको खोजी गर्ने, स्पष्ट हुने, चित्त नबुझेमा अन्य कानुनी बाटो समात्न सकिने ठाउँ भएको बताए । आशंकाकै भरमा वा आ–आफ्नै राजनैतिक आकांक्षा पुरा गर्न नगरपालिकाले गरेका कामका बिषयलाई लिएर आम जनतामा भ्रम सृजना हुनेगरी स्टाटस नलेख्न नेताहरुलाई प्रमुख घर्तीले आग्रह गरेका छन् ।

कार्यालय भवन निर्माणको लागि आब २०७६, ०७७ मा जिल्ला सरकारी वकील कार्यालयमा आएको १० लाख बजेट कार्यालयको नाममा जग्गा नभइपछि बजेट फिर्ता भएको प्रशंगलाई स्मरण गराउदै नगर प्रमुख घर्तीले चालु आर्थिक बर्षमा आएको बजेट फिर्ता नहुनेगरी सरकारी वकील कार्यालयको नाममा जग्गा प्राप्ती गर्न तथा गराउन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई लागि पर्न अपिल गरेका छन् ।

प्रतिकृया दिनुहोस्