Hamro Sanchar

स्मृतीमा सार्की टोलको पहिरो

अन्जना शाही ठकुरी प्रकाशित : २०७७/३/३१ गते
जाजरकोट

“हाम्रै गाउँ, हाम्रै ठाउँ, मेरै माइती गाउँ । १२ जना पठाएर म कसरी फर्कि आउ ।।” मर्मस्पर्षी यो हरफ बारेकोट गाउँपालिककी उपाध्यक्ष ओमा शाहीले आफ्नो फेसबुक वालमा लेखेको स्टाटस हो । सार्की टोलमा गएको पहिरोमा परी बेपत्ता भएकाहरुको खोजीकार्य, राहत वितरण र विस्थापितहरुको पुर्नस्थापना लगाएतका कामहरु सम्पन्न गरेर गाउँपालिकाको कार्यालयमा फर्किनु भन्दा केहि समय पहिला उपाध्यक्ष शाहीले यस्तो स्टाटस लेखेकी थिईन् ।

फेसबुक वालमा लेखेको मर्मस्पर्षी उक्त स्टाटसललाई उनको फेसबुकका सबै साथिहरुले पढेका छन् । बालापनको स्मृतीलाई अन्तस्करणमा राखेर उपाध्यक्ष शाहीको स्टाटस पढ्नेहरुको मुटुमा तिखो सियो रोपे जस्तै हुन्छ । चसक्क मुटु बिजाउने गर्छ । कतिपय पाठकहरुले स्टाटस पढ्दा पढ्दै आफ्नो मुटुको चाल रोकियको अनुभुति गर्ने गरेका छन् भने, कतिपयको आँखाको परेलीबाट आँशुको थोपा झार्ने गरेको पतिक्रिया दिएका छन् । कतिपयले मुटुमा छुरा प्रहार गरे जत्तिकै पिडाबोध भएको अनुभुति व्यक्त गर्न थालेका छन् ।

गहभरीको आँशु र आत्माको पिडालाई मनभित्रै दबाउने प्रयासमा पहाड जत्तिकै गह्रौ जिउको भारीले थेचिएकी उपाध्यक्ष शाहीले उक्त स्टाटस लेखेकि थिईन । स्टाटस लेखाईले उनको बास्तबिक जीवन भोगाईको बिचारलाई प्रतिनीधित्व गरेको छ । ग्रामिण जीवन शैलीमा जन्मिएकी, हुर्किएकी र संस्कार सिकेकी उपाध्यक्ष शाहीले आफुभित्रको पिडालाई दुई शव्द लोक साहित्य लेखनीमा समग्र मानव जीवन र मानव सम्बन्धको बिषयलाई समेटेकी छन् ।

गाउँपालिकाको उपाध्यक्षको जिम्मेवारीले पालिकाका सबै जनताको रखवारी गर्नु, जस्तोसुकै दुःख र शुखमा पनि जनतासंगै एकाकार हुनु, जनतालाई सुलभ तरिकाले सेवा प्रवाह गर्नु उनको दायित्व तथा कर्तव्य नै हो । तर, सार्की टोलसंग उपाध्यक्ष शाहीको बेग्लै खालको आत्मियता छ ।

पहिरोमा परेर ज्यान गुमाउने ५२ बर्षिय गोपाल सार्की उपाध्यक्ष शाहीका बचपनमा संगै घाँस, दाउरा, गोठाला गरेका साथि हुन् । ठाकुर जिरीमा जन्मेकी, हुर्केकी उपाध्यक्ष शाहीको माईतीघर र नरसंहारकारी पहिरो गएको सार्की टोल बीचको दुरी बढिमा २ सय ५० मिटर रहेको छ । उपाध्यक्ष शाही र पहिरोका मृतक गोपाल लगाएतका ८ जनासंग दाजु–भाई, दिदी–बहिनीको पारिवारिक नाता थियो भने, विगत देखिनै उपाध्यक्ष शाही र सार्की टोलका मृतकहरुको एउटै राजनैतिक आस्था, विचार र सिद्धान्त रहेको थियो । २०७३÷०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उपाध्यक्ष शाहीलाई पहिरोमा परि मृत्यु हुने र मृतकका नजिकका अंशियारहरुले चुनाव जिताउन प्रचार–प्रसार लगाएका काममा निक्कै खटन पटन गरेका थिए ।

बालापनमा भुईको छारो–मैलो खेलाउने बेलादेखि गाउँपालिकाको उपाध्यक्षको कुर्सीमा पुग्दासम्म मृतक र मृतकका आफन्तसंगको आत्मियताको स्मृतीलाई जीवनको अन्तिम क्षेणसम्म भुल्न नसक्नेगरी पहिरोले पिडाबोध गराएको उपाध्यक्ष शाहीको भनाई रहेको छ ।

चुनाव जिते पश्चात सार्की टोलका नागरिकहरुको आर्थिक बिकासका लागि क्षमता बिकास तथा सीप मुलक तालिम प्रदान गर्ने, कृषि समुह तथा सहकारी गठन गरी कृषि पकेट कार्यक्रम संचालनगरी गरिबी न्यूनिकरण गर्ने, गराउने, बिद्यालय जान टाढा भएकोले नरिक्षरलाई साक्षेर बन्न मद्दत पुग्नेगरी, विद्यालय पहुँच भन्दा बाहिर रहेका बाल बालिकाहरुको लागी टोलमै बाल विकास केन्द्र संचालन गर्ने, उक्त टोलमा बिभिन्न भौतिक पूर्वाधार विकासका योजना संचालनगरी रोजगारीको अवसर सृजना गर्ने योजना बनाएकी उपाध्यक्ष शाहीले क्रमिकतामा काम सम्पन्न भईरहेका थिए, तर, बाँकी कामलाई सम्पन्न गर्न नपाउदै पहिरोले टोललाई क्षेतबिच्छेद बनाएको बताईन् ।

बिहिबारको मध्येरातमा सार्की टोलमा पहिरो गएको खबर उपाध्यक्ष शाहीले शुक्रबार दिउसो पाएकी थिईन् । खबर पाउन बित्तिकै शाही गाउँपालिकाका कर्मचारी र नेपाल पहरीको टोलीलाई साथमा लिएर शुक्रबार नै सार्की टोल पुगेकी थिईन् । पहिरोमा हराई रहेकाहरुको खोजीकार्य तथा उद्धार, राहत तथा क्रियाखर्च वितरण, पहिरो प्रभावित तथा विस्थापितहरुको पुर्नस्थापना तथा बासको व्यवस्थापन गरेर उपाध्यक्ष शाही मंगलबार गाउँपालिकाको कार्यालय लिम्सामा फर्केकी छन् ।

प्रतिकृया दिनुहोस्