आज : २०७७ कार्तिक ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कविता–“मेरो जाजरकोट”

–बिजया आचार्य प्रकाशित : २०७७/३/२४ गते
जाजरकोट÷हाल : सलौरा दाङ

अदम्य शाहस लिएका तन्नेरीहरु बोकेहरु
कुशे हिमालको सिरेटोसंगै
निश्चलताको प्रतिक एउटा बोट
कति सुन्दर छ मेरो जाजरकोट ………२

सधै सरिताको प्रवाहझै चल्दोहो समीर संग
पल्लवित छन् यहाँका युवा र युवतिहरु
विकास निर्माणको गतिमा आफ्नो अठोट
सदैव पुरा गर्ने प्रण गरेको छ मेरो जाजरकोट …….२

भौगर्विक बिसमताको कारण
विकटताको बाध्यता बोकेको
अनादि कालदेखि खप्दै आएको एक चोट
यो हो मेरो प्यारो जाजरकोट …………..२

डोल्पा रुकुम सल्यान र सुर्खेत जस्ता छिमेकी संग
मित्रताको अटल मायाप्रीति गाँसेको
संस्कृति कला र साधनाको एक बोट
यहि हो मेरो प्यारो जाजरकोट ……….२

उडाएका छन् निराकार गगनमा जहाँका मान्छेले वायुयान,
अनि बनाउँछन् जसले डाक्टर र ईन्जिनियर स्वयं आफु उदाहरण बनेर
अविकसित तर विकासान्मुख
यहि हो मेरो प्यारो जाजरकोट ……….२

नागवेली भेरीका किनारहरु माथि
अनन्त रहरका तरङ्गहरु तरेली खेल्ने
हरिया जङ्गलै जङ्गलले ढाकिएको सुन्दर
यहि हो मेरो प्यारो जाजरकोट ……….२

झुक्दैन यसको शिर अन्यायको सामु
बरु जाला रुप विहिन भएर
अनेकौं टाकुरीको एउटै अठोट
यहि हो मेरो प्यारो जाजरकोट ……….२

रातको विजुलीको रोशनीसंग
बोरा गाउँको उकाली चढेर
सुनौलो सपना बोक्ने एक अठोट
यहि हो मेरो प्यारो जाजरकोट ……….२
“अस्तु”

२०४९ साल पुस ४ गते प्रकाशित जाजरकोटी सेवा समाजको मुख पत्र “कुशे” बाट सभार ।


Tagged
प्रतिकृया दिनुहोस्