आज : २०७७ कार्तिक ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कविता–नयाँ

–टीकाराम उदासी प्रकाशित : २०७७/३/२१ गते
दाङ

नयाँ छ आँखाको चस्मा र लगाएको पहिरन
नयाँ छ खुट्टाको जुत्ता र हातको घडी
नयाँ छ सुनेको समाचार र हेरेको टेलिभिजन
नयाँ छ बोलेको संवाद र गरेको तर्क
नयाँ छ बोकेको किताब र गोजीको कलम
नयाँ छ नाटकको शीर्षक र गरेको अभिनय
नयाँ छ बसेको कुर्सी र सुतेको पलङ
नयाँ छ, सबै नयाँ नयाँ
तर उही छ, ठिक उही
कतै अँध्यारै अँध्यारो
र विरानो अनन्त ओडारभित्र
फेला नपारेर आफ्नो गन्तव्य
हराइरहेको बटुवाजस्तै
मेरो देश


Tagged
प्रतिकृया दिनुहोस्