आज : २०७७ कार्तिक ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

लकडाउनमा गाउँपलिकाका अध्यक्षको भोज

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/२/३२ गते
सुर्खेत÷सिम्ता

लकडाउनको समयमा सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसी एक भव्य भोजको आयोजना गरेर सहभागि भएको बुझिएको छ । राजकाँडा दरबारको शिलन्यास गर्ने निउ बनाएर सनिबार भोजको आयोजना गरेर सहभागि भएका अध्यक्ष केसीको टिमले सरकारी लकडाउनलाई तोडेको हो ।

१५–२० वटा मोटरसाइकल प्रयोग गरेर राकम–बजेडिचौर–आग्रीगाउँ हुदै सिम्ता गाउँपालिका–४ स्थित राजकाँडा पुगेका अध्यक्षको टोलीले सरकारी लकडाउनलाई तोडेर भव्य भोजमा सहभागि भएको बजेडीचौरका ईन्द्रबहादुर सिंहले जानकारी दिए । राजकाँडाको बडालेखमा आयोजित भोजमा दर्जनौं स्थानीय नागरिकहरुको सहभागितामा अध्यक्षको टोलीले खशी, कोल्ड ड्रिङ्र्स, विभिन्न खाद्य भोजन गरेको सिंहले बताए ।

सामाजिक दुरी कायम गरेर विश्वव्याधी कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले गरेको बन्दाबन्दीमा भोजको आयोजना गरेर गाउँपालिकाका अध्यक्ष आफैले नियम उलङघन गरेको सिंहले तर्क गरेका छन् ।

अध्यक्ष केसीको नेतृत्वमा आयोजित उक्त भोजको फोटो खिचेको आरोपमा वडानम्बर ६ का वडाअध्यक्ष राजेन्द्र सिंहले बजेडिचौरका डम्बरबहादुर सिंह र ईन्द्रबहादुर सिंहलाई हातपात गर्नुको साथै कुटपिट गरेको डम्बरबहादुरले आरोप लगाएका छन् । कोरोना भाइरस प्रभावित क्षेत्र एवं ठाउँबाट हालै गाउँपालिकामा आएका नागरिकहरुलाई पिसिआर तथा आरडिटी परिक्षण बीनानै घर पठाउने गरेका अध्यक्ष केसीले भोज÷पाटीको आयोजना गरेर गम्भिर गल्ति गरेको डम्बरबहादुरको भनाई रहेको छ ।

डिभिजन वन कार्यालय, सुर्खेत मार्फत कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट चालु आर्थिक बर्षमा पर्यटन प्रबद्र्धन सम्बन्धि राजकाँडा दरबार, कोटको थुम्को पुर्ननिर्माणको लागि ८० लाख बजेट आएको सिम्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक हमालले टेलिफोन मार्फत जानकारी दिए । साथै केहि दिन अगाडी मात्र उक्त दरबार र थुम्को पर्ननिर्माण समिति गठन गर्नुको साथै कामको सम्झौता भएको अधिकृत हमालले बताए ।

डम्बरबहादुर सिंह र ईन्द्रबहादुर सिंहले दिएको सुचना अनुसारको कुनै पनि क्रियाकलाप नभएको अध्यक्ष केसीले बताए । राजकाँडा दरबार, कोटको थुम्को गाउँपालिकाको बजेटबाट पुर्ननिर्माणको काम नहुने भएको हुदा आफु त्यसको शिलन्यास गर्न पनि नगएको र त्यहाँ पिक्निकको आयोजना पनि नगरिएको अध्यक्ष केसीले जिक्किर गरे । दुई महिना देखि दैनिक क्वारेन्टिन व्यवस्थापनमा आफु जुटेको बताउदै अध्यक्ष केसीले क्वारेन्टिन अनुगमन गर्न देउलीमा पुगेको तर, शिलन्यास र भोज खाने काम नभएको अध्यक्ष केसीले दावी गरेका छन् ।

कोरोना भाइरस प्रभावित क्षेत्रबाट हालै गाउँपालिकामा आएका १४ देखि १५ सय नागरिकहरु क्वारेन्टिनमा रहेको जानकारी दिदै अधिकृत हमालले हालसम्म सिम्ताामा ४ जनालाई कोरोना पुष्टी भएको जानकारी दिए ।


Tagged ,
प्रतिकृया दिनुहोस्