आज : २०७७ कार्तिक ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

काफलसंग रमाएकी उत्पती

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/२/३१ गते
जाजरकोट

कक्षा १२ मा अध्ययनरत उत्पती घर्ती आज भोली काफलसंग रमाउने गरेकी छन् । कोरोना भाईरसको संक्रमणलाई निष्प्रभावित बनाउन सरकारले गरेको लकडाउनमा पढाई हुने बिद्यालय बन्द भएपछि आजभोली उत्पती काफलसंग रमाउने थालेकी हुन् ।

सामाजिक दुरी कायम गरेर विश्वव्यापी कोरोना भाईरसको संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न सरकारले गरेको बन्दाबन्दी समयमा काठमाडौंबाट घर फर्किएकी उत्पती काफल खाना दिनमा एक पटक काफलको रुखमा पुग्ने गरेकी छन् । मध्येपहाडमा प्रसस्तै मात्रामा पाईने काफल बशन्ती मौषमको स्वादिष्ट, स्वास्थ्य बद्र्धक फलका रुपमा लिने गरिन्छ । काफल खानुलाई स्वास्थ्य बद्र्धक, स्वादिष्ट फलका रुपमा लिने गरिन्छ भने, टिप्नुलाई मनोरन्जन तथा रमाईलोपनसंग जोड्ने गरिन्छ । बशन्ती फल काफल खाना तथा टिप्नलाई केटा, केटी, बालबालिका, महिलाहरुको लावालस्कर लागेर जंगलतिर जाने गर्दछन् । मौषमी फलको स्वादन गर्न र मनोरन्जनका लागि घुमफिर गर्ने अबसर प्रदान हुनुले काफलले आन्तरिक पर्यटन प्रबद्र्धनमा मद्दत गरेको स्थानीय नागरिकहरुको बुझाई रहेको छ ।

चारबर्ष पहिलेदेखि काठमाडौंको पढाई सुरु गरेकी उत्पतीलाई यस बर्ष भने, धित्त मर्नेगरि काफल खाने, टिप्ने र रमाउने अबसर जुरेको छ । काफलको रुख मुनी जन्मिएर, काफलकै रुखमुनी हुर्केको भएपनि काफल खाना नपाएको चार बर्ष भएको उत्पतीले बताईन् । काफल खाना नपाएको चार बर्षको धोको पुरा हुनेगरि यसबर्ष काफल खाना पाएकोमा खुशी व्यक्त गर्दै उत्पतीले भनिन्–‘चार बर्षपछि लामो समयसम्म घरमा बस्न पाए, आमा–बुवाको मातृ तथा पृत्ति स्नेहितामा रमाउने अबसर मिलेको छ, काफल, आरुबखडा, आरु जस्ता फलफुलहरु दैनिक खाना पाएकी छु, रमाईलो भईरहेको छ, खुशी छु ।’

लामो समयसम्म बिद्यालय बन्द भएर पढाईमा बाधा पुगेकोमा चिन्ता व्यक्त गर्दै उत्पतीले रत्न राज्य माध्यामिक बिद्यालय मध्येबाणेश्वर काठमाडौंमा आफुलाई कक्षा १२ को परिक्षा दिन गाह्रो हुने बताईन् । पढेको कुरा पनि बिर्सिने गरि कोरोना भाइरसका कारण बिद्यालय बन्द भएपछि लेखा बिषयको परिक्षा दिन आफुलाई गाह्रो हुने उत्पतीको भनाई रहेको छ । महामारीको बेला पढाई भन्दा मानव जीवन महत्वपूर्ण भएको बताउदै उत्पतीले भनिन्–‘“अनिकालमा बीऊ जोगाउनु, हुलहालमा जीऊ जोगाउनु” बुढापाकाहरुले भनेको सुनेकी थिए, यो बर्ष बुढापाकाले भने जस्तै भयो, महामारी नियन्त्रणमा आयो भने, महामारीबाट बचियो भने पढाई त अर्कोबर्ष पनि पुरा गर्न सकिएला भन्ने सोचेकी छु ।’

कक्षा ९ देखि काठमाडौंको पढाई सुरु गरेकी उत्पती घर्ती कुशे गाउँपालिका–७ का उवीलाल घर्ती र राधिका घर्तीकी एक्ली छोरी हुन् । हाल उनीहरु भेरी नगरपालिका–२ मा बस्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्