आज : २०७७ कार्तिक ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कोरोना कहरले छाँयामा पार्यो जाजरकोटका पर्यटकीय संरचना

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/२/१८ गते
जाजरकोट

कोरोना कहरको एकान्त बासले जाजरकोटमा यसबर्ष निर्माण भएका पर्यटकीय संरचनाहरु छाँयामा परेका छन् । आन्तरिक तथा धार्मिक पर्यटकहरुलाई लक्षित गरेर निर्माण गरिएका पर्यटकीय संरचनाहरु कोरोना कहरले प्रयोग बिहिन जस्तै भएका छन् ।

धार्मिक आस्था र बसन्ति हावा, पानीका लागि भेरी नगरपालिका–२ को साङ्ट गुफा, ४ को मालिका मन्दीर निक्कै चर्चामा रहेका स्थल हुन् । पुजापाठ गर्न एवं मालिका देवीको मुर्ती दर्शन गर्न दैनिक सदरमुकाम खलंगाका नागरिकहरुको भीड्लाग्ने मालिका मन्दीरमा यो बर्ष सुनसान जस्तै देखिन्छ । जिल्ला सदरमुकाम खलंगाको भ्युटावर मानिएको मालिका मन्दीरमा बसन्तकालिन समयमा मन्दीर वरपर प्रस्तै पाईने काफल खान, चीसो पानी र चीसो हावाको रस स्वादन गर्न दैनिक सदरमुकाम खलंगाबाट नजाने कोही पनि हुदैन्थ्यो । लक्का जवानीको मात लागेका युवा युवतीहरुका लागि झनै मालिका मन्दीर उपयुक्त स्थल बन्दै आएको थियो । मन्दीरबाट देखिने धौलागिरी, सिस्ने हिमाल, जाजरकोटकै रमका हिमाल र कुशे, चाखुरेको सुन्दर दृष्यले युवायुवतीहरुको मनलाई खुबै लोभ्याउथ्यो । कलकल बगिरहेको सानो र ठुलो भेरीको दृष्य, खुबै महेनत गरेर घरमै पालिएको बल्लको जुरो जस्तै देखिने नहकुलीको दृष्य, समुन्द्री टापुजस्तै देखिने रिम्नको दृष्य, समथल भु–भाग देखिने कुदु, रुकुमपश्चिको चौरजहारी, नागबेली जस्तै देखिने बिजयश्वरी, सल्यान कुमाख, कैनगाँडाका दृष्यले फोटो खिच्न उपयुक्त स्थल हो मालिका मन्दीर । भिडियो डकुमेन्ट्री निर्माणकर्ताका लागि उपयुक्त फुटेज संकलन केन्द्र पनि हो मालिका मन्दीर ।

भीरबाटो भएर मालिका मन्दीर पुग्नलाई महिला, बालबालिका, जेष्ठ नागरीक र अपाङ्गहरुलाई निक्कै गाह्रो हुने गरेको थियो । महिला, बालबालिका, जेष्ठ नागरीक र अपाङ्गहरुलाई लक्षित गरेर वन तथा वातावरण मन्त्रालयको सशक्त अनुदानबाट डिभिजन वन कार्यालय, जाजरकोटले यसबर्ष देखि रानागाउँ स्थित बृहत खानेपानी ट्याङ्कीदेखि मालिका मन्दीरसम्मका लागि पदमार्ग निर्माणको कामलाई सुरुवात गरेको छ । रेलिङ्गसहित पिसीसी सिडि निर्माणको कामलाई सुरुवात गरको कार्यालयले यसबर्ष २० लाख बजेटमा सय मिटर भन्दा बढि रेलिङ्ग सहित पिसीसी सिडि निर्माण गरेको छ । उपभोक्ता समिति मार्फत निर्माण गरिएको पदमार्गको काम गत फागुन महिनामै सम्पन्न गरिसकेको उपभोक्ता समितिका सचिब प्रमोदजंग शाहले जानकारी दिए । मन्त्रालयसंग थप बजेट माग गरेर यसैबर्ष पदमार्गको कामलाई धेरै अगाडी बढाउने सोचमा थियौं तर, कोरोना भाइरसको संक्रमणले देशनै बन्दाबन्दीको अबस्थामा पुगेपछि थप काम गर्न सकेनौं सचिव शाहले भने–‘अब थप ४० देखि ४५ लाख बजेट भयो भने, रेलिङ्गसहित पिसीसी सिडीको पदमार्ग मालिका मन्दीरसम्म पुग्न सक्छ ।’

????????????????????????????????????

कोरोना भाइरसले विश्वनै प्रभावित भईरहेको बेला हामी र हाम्रा बिकास निर्माणका काममा पनि निक्कै ठुलो असर परेको जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख मनबहादुर रावलले बताए । प्राकृतिक प्रकोपका रुपमा देखा परेको कोरोना भाइरसले मानविय सोच र योजनाहरुलाई बदल्न बाध्य बनाएको प्रमुख रावलको भनाई रहेको थियो ।

धार्मिक हिसाबले निक्कै पबित्र स्थल मानिदै आएको भेरी नगरपालिका–२ स्थित साङट गुफामा भक्तजनहरुले शिव जी आरधना गर्नुको साथै पुजापाठ गर्ने गर्दछन् । साङट गुफामा विशेष चार्डपर्वहरुमा भक्तजनहरुको निक्कै ठुलो भीड लाग्ने गर्दछ । हेर्न र भित्रै पसेर गुफाको मनोरन्जनमा रमाउन रुचाउने महिला, बालबालिका लगाएतका नागरिकहरु दैनिक साङट गुफामा पुग्ने गर्दथे । बसन्तकालिन समयमा निक्कै चर्चामा रहेका पोखरा, राङसी र तिमिलेका काफल, पाँचकाटियाको लिउराको साक खान खलंगा, बोहरा, रुकुमपश्चिमको चौरजहारी, कोटजहारी लगाएतका नागरिकहरु जाने बाटोमै पर्ने साङट गुफामा पुगेर प्रत्येक बर्ष शिव मुर्तीको दर्शन गर्ने गर्दथे । सामाजिक दुरी कायम गरेर कोरोना भाइरस संक्रमणलाई रोक्न सरकारले गरेको लकडाउनले यो बर्ष भने कोहि पनि नागरिक त्यहाँ पुग्न सकेका छैनन् । प्राय बिशेष चार्डपर्वहरुमा भजनकृतन गर्दै आएका श्रद्धालु भक्तजनहरु पनि यो बर्ष उक्त गुफामा पुग्न सकेका छैनन् ।

सडक नजिकै रहेको साङट गुफामा पुग्न सजिलो बनाउनका लागि पदमार्ग निर्माण गर्नुको साथै श्रद्धालु भक्तजनहरुलाई भजन कृतन गर्न यसैबर्ष डिभिजन वन कार्यालय मार्फत वन तथा वातावरण मन्त्रालयबाट आएको बजेटबाट प्रतिक्षालय निर्माण गरिएको छ । १५ लाख बजेटबाट पिसीसी र मेसिनरी वाल सहितको पदमार्ग, गुफामा फलामे गेट, रेलिङ्ग सिडी, टिनको छाना सहितको प्रतिक्षालय निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर रोकायले जानकारी दिए ।

धार्किक पर्यटनका लागि निक्कै महत्वपूर्ण साङट गुफामा पदमार्ग र प्रतिक्षालय निर्माण गरिसकेपछि अब आगामी बर्षमा व्यवस्थित पाटी–पौवा र मन्दीर निर्माण गर्नुपर्ने जिल्ला समन्वय प्रमुख रावलको भनाई रहेको छ । पर्यटन पूर्वाधार निर्माणको निकायका रुपमा रहेको डिभिजन वन कार्यालयले साङट गुफामा आगामी बर्ष पाटी–पौवा, मन्दीर लगाएतका अन्य पूर्वाधार निर्माणका लागि यसैबर्ष देखि प्राविधिकले आधारभुत सर्बे गरिसकेको डिभिजन वन कार्यालय, जाजरकोटका निमित्त प्रमुख महेश कुमाईको भनाई रहेको छ ।

प्रतिकृया दिनुहोस्