आज : २०७७ कार्तिक ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

संसारकै १० हृदयविदारक तस्बीर (फोटो फिचर)

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/२/९ गते
जाजरकोट

धेरैले भन्ने गरेको बाक्य हो–तस्बीर आफैँ बोल्छ । तस्बीरमा व्यक्त भएको भाव यति हुन्छ कि–एक तस्वीरले हजार शब्दको बयान गर्न सक्षम हुन्छ । कुनै–कुनै तस्विर यस्ता पनि हुन्छन, जुन देख्नेहरु आत्मैदेखि दुखी नभई बस्न सक्दैनन् ।

बिभिन्न देशका फोटोग्राफरहरुले बिभिन्न बिषयमा फरक–फरक समयमा केहि यस्ता तस्वीर खिचेका छन, जसले भोक, त्रास तथा ऐतिहासिक पललाई दुनिया सामु व्यक्त गरेका छन ।

विभिन्न एजेन्सी तथा ब्लगहरुको सहयोगमा यस्ता हृदयविदारक तस्बीरहरु यहाँ प्रस्तुत गरिएको छ । यी तस्वीर प्रस्तुत गरेर कसैलाई पनि दुखी बनाउने हाम्रो उद्देश्य होईन । तर, यस्ता दुखान्तपूर्ण घटनाबाट पाठ सिक्नलाई केहि मद्दत गर्न सक्छन भन्ने हाम्रो मान्यता हो ।

तस्बीर नम्बर एक :– एक बौद्धभिक्षुले गरेको आत्मदाह (सन् १९६३) यो तस्वीरले संसारभरी हंगामा मच्चाउन सफल भएको थियो । यी बौद्धभिक्षुले दक्षिणी भियतनाममा अमेरिकी युद्धको विरोध गरिरहेका थिए । भिक्षुले आफैंले आफैलाई आगो लगाए । अचम्मको कुरा त के छ भने, शरीरमा आगो लाग्दै गर्दा उनी न चिच्याए, न त जलुञ्जेल हल्लिए नै । उनले चुपचाप आत्मदाह गरे ।

तस्बीर नम्बर दुई :– भोपाल ग्याँस काण्ड (१९८४) भोपाल ग्याँस काण्ड संसारको सबैभन्दा ठूलो औद्योगिक घटना मध्येको एक हो । भारतको मध्य प्रदेशको राजधानी भोपालमा भएको उक्त त्रासदीमा पच्चीस हजारभन्दा बढि मानिस प्रभावित भएका थिए । यो तस्वीर सोही घटनाको हो । घटनास्थलमा एक बच्चाको शरीर फेला पर्यो । ग्याँसका कारण बच्चाको आँखा पनि बाहिर निस्किएका थिए ।

तस्बीर नम्बर तीन :– भूकम्पले आमाको अगाडी पाँच बच्चाको ज्यान लियो । सन् १९८३ मा आएको भूकम्पले पाँच बच्चाको आफ्नै अगाडी ज्यान लिएको थियो । यो तस्वीरले उनको पीडा बोलिरहेको छ ।

तस्बीर नम्बर चार :–आफ्नै सैनिकद्वारा नागरिकमाथि बम प्रहार । कहिलेकाही क्षमा गर्न योग्य नरहने गल्ती समेत हुने गर्छन् । दक्षिण भियतनाममा चलिरहेको युद्धको बेला भियतानामी प्लेनको गल्तीले नेपाम बम आफ्नै सैनिक तथा नागरिकमाथि बर्सियो । ईलाकामा भागदौड मच्चियो । भियतनाम–अमेरिकी युद्धको बेला नेपाम बम बनाईएको थियो ।

तस्बीर नम्बर पाँच :– ज्वालामुखीपछि हिलोमा फसेकी आमयरा सांजेच (१९८५) । कोलम्बियाको आर्मिरोमा सन् १९८५ मा ज्वालामुखीबाट २५ हजार मानिसको मृत्यु भएको थियो । आमयरा सांजेच १३ बर्सकी थिईन् । उनी हिलोमा फसेकी थिइन् । आफ्नो घर बर्बाद भएपछि पनि उनी तीन दिनसम्म हिलोमा नै गाडिएकी थिइन् । फ्रेंक फार्नियर यो तस्वीर लिएका थिए । यसै तस्वीरले १९८५ मा वल्र्ड प्रेस फोटो अफ द ईयरको पुरस्कार जितेका थिए । केही दिनपछि आमयराको मृत्यु भयो ।

तस्बीर नम्बर छ :– घरमा आगो लागेपछि झ्यालबाट हाम फाल्दै । सन् १९७५ मा यो हृदयविदारक तस्वीर क्यामरामा कैद भएको थियो । घरमा आगो लागेपछि आमा र बच्चाले झ्यालबाट हाम फालेका थिए । माथिल्लो तलामा रहेका उनीहरु झर्ने भर्याङ समेत जलिसकेको थियो । भूईँमा पछारिएर आमाको मृत्यु भयो । बच्चा भने मरेकी आमाको शरिरमा पछारिएर बाँचेका थिए ।

तस्बीर नम्बर सात :– इराक युद्ध । सन् २००३ एक इराकी कैदीलाई आफ्नो चार बर्षको छोरा भेट्न आए । पिताको ढाकिएको अनुहार तथा हातमा लगाएको हतकडी देखेर उनको छोरा डरायो । बच्चालाई मायाले समाउन पाउँ भन्दै उनले आफ्नो हतकडी खोलिदिन सैनिकसँग अपिल गरे । अन्तत : सैनिकले कैदीको आग्रह मानेर हतकडी खोलिदिए । त्यसपछिको तस्बिर यो हो ।

तस्बीर नम्बर आठ :– कालो विद्यार्थीलाई विद्यालय निकाला (१९५७) । नर्थ कैरोलिनाको हैरी हार्डिंग हाई स्कूलमा डोरोथी काउण्ट सबैभन्दा पहिलो ब्ल्याक स्टुडेण्ट (कालो वर्णकी विद्यार्थी) थिईन् । स्कूलमा पहिलो दिन उनलाई अभद्र व्यवहार भयो । आमा–बाबुले उनको सुरक्षाको ध्यान राखेको पहिलो दिनबाटै उनलाई स्कूलबाट निकाला गरिएको थियो । यहाँ दिइएको तस्बिरमा पनि उनलाई उनका साथीहरुले गिज्याइरहेकोे देख्न सकिन्छ ।

तस्बीर नम्बर नौ :– स्पाइना बिफिडाको सफल अप्रेशन । यो तस्वीर सन् १९९९ को हो । जब डाक्टरले स्पाइना बिफिडाको सफल अप्रेशन गरेका थिए । यो एक प्रकारको डिसअर्डरको जसमा बच्चाको स्पाइनल कर्ड पूर्णरुपमा बनेको हुँदैन या यसको कुनै काम हुँदैन । स्पाईनल कर्ड नबन्दै अप्रेशन गरेर बच्चा निकालेपछि बच्चाको हड्डीको विकास हुँदैन ।

तस्बीर नम्बर दस :– बच्चा मर्ने क्षणलाई पर्खँदै गिद्ध । यो तस्वीरलाई अवार्ड मिलेपछि यसको फोटोग्राफरले आत्महत्या गरेका थिए । अफ्रिकामा कुपोषणको शिकार भएको बच्चा मर्ने क्षणको पर्खाईमा छ यो गिद्ध । यो तस्वीरले पश्चिमी देशमा हलचल ल्याई दिएको थियो ।


Tagged
प्रतिकृया दिनुहोस्