आज : २०७७ कार्तिक ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेपाल सरकारद्धारा कोभिड–१९ बारे सबै जानकारी दिन मोबाइल एप सार्वजनिक

डिजिटल संचार संवाददाता प्रकाशित : २०७६/१२/१७ गते
काठमाडौं

शुभारम्भसँगै मन्त्री ढकालले कोरोना भाइरसबिरुद्ध लड्न उपलब्ध स्वास्थ्य सेवाहरुको अवस्था र बिवरणका साथै कोरोनाबारे एकीकृत रूपमा सही जानकारी तथा सूचना उपलब्ध गराउन यस्तो व्यस्था मिलाइएको जानकारी दिए । उनले सरकारले कोरोनाविरूद्ध उच्च सतर्कताका साथै काम गरिरहेकोले नआत्तिन अनुरोध गरे । उनले नयाँ वेबसाइट, मोबाइल एप र भाइबर क्म्युनिटीको उपयोग गरेर लाभ लिन सबैमा अनुरोध पनि गरे।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको तत्काल जानकारी सहित सम्पूर्ण सूचनाहरु आम नागरिक माझ सहझ रुपले पुर्याउन मन्त्रालयले प्रोगेशिभ इन्जिनियरिङ एशोसियसन नेपाल, नक्सा, सोच नेपाल, कोड फर कोर इनोभेसन,आइ।एच।आर।आर आइटी म्याप्ससँग समन्वय गरेर वेब एम्लिकेशन तयार पारेको हो ।

तत्कालका लागि covid19.mohp.gov.np बाट मोबाइलमा एप्स डाउनलोड गरी हेर्न सिकनेछ । एमओएचपी नेपाल कोभिड (MoHP NEPAL COVID-19) मा गएर भाइबर कम्युनिटीमा जोडिन सकिन्छ । वेवसाइटमा हव अस्पताल, कोभिड–१९ लक्षित अस्पताल र क्वारेन्टाइनको लोकेशन र अवस्थासहितको जानकारी पाइने छ । त्यस्तै आइसोलेसन बेडहरूको जानकारी समेत सबैले जहाँसुकैबाट हेर्न सक्नेछन । यसबाट कोरोनाको लक्षणहरू आफैँले मूल्यांकन गर्न समेत सकिने छ भने, मूल्यांकनको नतिजा तत्कालै हेर्न सकिने छ ।


Tagged
प्रतिकृया दिनुहोस्