आज : २०७७ कार्तिक ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सचेत गरायो प्रेस काउन्सिल नेपालले पत्रकार र सञ्चार माध्यामलाई

डिजिटल संचार संवाददाता प्रकाशित : २०७६/१२/१० गते
काठमाडौं

महामारीका रुपमा विश्वभरि फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमन सम्बन्धिका तथ्यहिन समाचार सम्प्रेषण नगर्न प्रेस काउन्सिल नेपालले पत्रकार र सञ्चार माध्यामलाई सचेत गराएको छ । आईतबार जरुरी सुचना प्रकाशित गरेर प्रेस काउन्सिल नेपालले पत्रकार र सञ्चार माध्यामलाई सचेत गराएको हो ।

प्रेस काउन्सिल नेपालद्धारा आईतबार प्रकाशित सुचनामा पत्रकार आचारसंहिता–२०७३ (पहिलो संशोधन, २०७६) को दफा ५ उपदफा १४ अनुसार ‘पत्रकार तथा सञ्चारमाध्यमले व्यक्तिको स्वास्थ्य, महामारी लगायत जनस्वास्थ्यसँग सरोकार रहने विषयसम्बन्धी सामग्री पाठक, श्रोता वा दर्शकमा उत्तेजना वा निराशा उत्पन्न हुनेगरी अतिरञ्जित तवरमा कोही, कसैका बारेमा पनि समाचार सम्प्रेषण गर्नु हुँदैन’ भन्ने प्रावधानको ख्याल गरी सूचना, समाचार सम्प्रेषण तथा प्रवाह गर्न आम पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल प्रयोगकर्तालाई अनुरोध गरिन्छ भनिएको छ –‘प्रेस काउन्सिल नेपालले कुनै पत्रकार, मिडिया र गलत सूचना, समाचार सम्प्रेषण गर्ने व्यक्तिका विरुद्ध अनलाइन मार्फत उजुरी सुन्र्दै आएको छ ।’

कोही कसैबाट अफवाह फैलाउने सामग्री सम्प्रेषण भएको पाइएमा उजुरी गरेर सहयोग गरिदिन हुन काउन्सिल आम नागरिकलाई अनुरोध गर्दछ प्रकाशित सुचनामा भनिएको छ–‘सूचीकरणका लागि निवेदन फाराम लिने कार्य, पत्रपत्रिका वर्गीकरणको प्रमाण–पत्र वितरण कार्यलाई तत्काल बन्द गरिएको छ ।’

प्रेस काउन्सिल नेपालद्धार प्रकाशित सुचनाको पूर्ण पाठ :–

मिति : २०७६÷१२÷०९

प्रेस काउन्सिल नेपालद्वारा जारी अत्यन्तै जरुरी सूचना :

प्रेस काउन्सिल नेपाल पत्रकार आचारसंहिता बनाई देशभरका आम सञ्चारमाध्यम र पत्रकारको अनुगमन गर्ने राज्यको एकमात्र जिम्मेवार स्वायत्त संस्था भएको बिदितै छ । २०२७ सालमा विधिवत् स्थापित यस संस्थाले स्थापनाकालदेखि नै अनुगमन कार्यमा निरन्तरता दिदै मर्यादित, जिम्मेवार र उत्तरदायी पत्रकारिताका लागि अहम् भूमिका खेल्दै आएको छ । काउन्सिलले आधुनिक अभिलेख राखी पछिल्लो समयमा छापा र विद्युतीय अनुगमन शाखा मार्फत् उक्त कार्यलाई प्रभावकारी बनाएको छ ।

यसैबीच नोवेल कोरोना भाइरस (COVID-19) का कारण विश्वमा ठूलो मानवीय क्षति भइरहेको, लाखौँमा यसको सङ्क्रमण देखिएको र अरर्बाै मानिस सन्त्रासमा रहेको विषय आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल प्रयोगकर्ता सहित सम्पूर्ण जनसमुदायलाई अवगत नै छ । यस्तो जटिल अवस्थामा नेपाल सरकारले निकै गम्भीर र संवेदनशील बनेर अत्यावश्यक बाहेकका सबै सेवा केही दिन रोक्ने घोषणा गरेको छ । यति गम्भीर अवस्थामा पनि केही मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्ताबाट हल्ला, अनुमानका आधारमा लापरबाहीपूर्वक तथ्यहीन सूचना सम्प्रेषण हुने गरेको पाइएको छ । संयमित हुनुपर्ने गम्भीर समयमा समाजका कतिपय जिम्मेवारी व्यक्तिले आममानिसलाई नै आतङ्कित र तरङ्गित बनाउने गरी केही मिडियामार्फत् अफवाह फैलाइरहेको देखिन्छ ।

प्रेस काउन्सिल नेपाल गलत सूचना, समाचार सम्प्रेषण नगर्न यस्ता मिडियालाई निर्देशन दिन चाहन्छ । साथै, प्रेस काउन्सिल नेपाल पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को ५ को दफा १४ को ‘पत्रकार तथा सञ्चारमाध्यमले व्यक्तिको स्वास्थ्य, महामारी लगायत जनस्वास्थ्यसँग सरोकार रहने विषयसम्बन्धी सामग्री पाठक, श्रोता वा दर्शकमा उत्तेजना वा निराशा उत्पन्न हुनेगरी अतिरञ्जित तवरमा कोही, कसैका बारेमा पनि सम्प्रेषण गर्नु हुँदैन’ भन्ने प्रावधानको ख्याल गरी सूचना, समाचार सम्प्रेषण प्रवाह गर्न आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल प्रयोगकर्तालाई अनुरोध गर्दछ । काउन्सिलले कुनै पत्रकार, मिडिया र गलत सूचना, समाचार सम्प्रेषण गर्नेका विरुद्ध अनलाइन मार्फत उजुरी सुन्ने गर्दै आएको छ । अतः कहीँ कतैबाट अफवाह फैलाउने सामग्री सम्प्रेषण भएको पाइएमा उजुरी गरेर सहयोग गरिदिनुहुन काउन्सिल आम नागरिकलाई अनुरोध गर्दछ ।

यसैबीच आज मिति २०७६ साल चैत्र ९ गते बसेको प्रेस काउन्सिल नेपाल बोर्ड र सचिवालयको संयुक्त बैठकले नेपालल गायत विश्वमै सिर्जित यस जटिल परिस्थितिमा तत्कालका लागि काउन्सिलका निम्न सेवा स्थगनको निर्णय गरेको विषय यसै सूचना मार्फत जानकारी गराइन्छ :–

१) सूचीकरणका लागि निवेदन फाराम लिने कार्य ।
२) पत्रपत्रिका वर्गीकरणको प्रमाणपत्र वितरण कार्य ।
३) मिडियाको काम, कर्तव्य र अधिकारवारे सबैलाई जानकारी नै छ, तैपनि बेलाबखत हुन जाने मानवीय त्रुटिप्रति सचेत होऔ, जनस्वास्थ्यसम्बन्धी भ्रम, उत्तेजना फैलने सामग्री जिम्मेवार सञ्चारकर्मी र सञ्चारमाध्यमबाट सम्प्रेषण हुन गएको पाइएमा प्रेस काउन्सिल नेपाललाई तुरुन्तै जानकारी दिएर सहयोग गरौं ! कोरोना भाइरस सम्बन्धी समाचार लगायत कुनै विषयमा तत्काल जानकारी लिन÷दिन एवं मिडियासम्बन्धी अन्य उजुरीका लागि काउन्सिलका निम्न अधिकारीलाई तुरुन्त सम्पर्क गर्नसक्नु हुनेछ :

क) श्री दीपक खनाल, सह–प्रशासकीय अधिकृत÷सूचना अधिकारी—९८४१४८५५२९
ख) श्री रामशरण बोहरा, उप–प्रशासकीय अधिकृत—९८५११११२७२

४) साथै कुनै आमसञ्चारमाध्यमबाट अफवाह फैलाउने सामग्री सम्प्रेषण भएको पाइएमा http://complain.presscouncilnepal.org मार्फत वा [email protected] मा उजुरी गरेर सहयोग गरिदिनुहुन हार्दिक अनुरोध छ ।

…………..
दीपक खनाल
सह–प्रशासकीय अधिकृत
(सूचना अधिकारी)

प्रतिकृया दिनुहोस्