आज : २०७७ कार्तिक १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रतिभा ‘अर्पण’को “लाउदैन र बाडुल्की” बोल गीतको (म्युजिक भिडियो सहित) सार्वजनिक

डिजिटल संचार संवाददाता प्रकाशित : २०७६/१२/६ गते
जाजरकोट

प्रतिभा ‘अर्पण’ “लाउदैन र बाडुल्की” बोलको गीत म्युजिक भिडियो सहित बिहिबार सार्बजनिक भएको छ । प्रतिभा महतरा ‘अर्पण’ र कमल बिसी ‘माल्दाई’ को आवाजमा सजिएको “लाउदैन र बाडुल्की” बोल गीतको म्युजिक भिडियो बिहिबार सार्बजनिक भएको हो ।

प्रतिभा अर्पण एल्बमको रुपमा सार्बजनिक भएको “लाउदैन र बाडुल्की” म्युजिक भिडियो धेरैको प्रतिक्षारत मौलिक गीत भएको बताईएको छ । चर्चीत सर्जक शिव हमालको शव्द–संगित रहेको गीतको म्युजिक भिडियोमा सुनिल क्षेत्री र रक्षा श्रेष्ठको आकर्षक नृत्य तथा अभिनय रहेको छ ।

मौषम हिमालीको निर्देशन रहेको “लाउदैन र बाडुल्की” गीतको म्युजिक भिडियोको छाँयाङकण नवराज उप्रेतिले गरेका छन् । सुनिल परियारको म्युजिक एरेन्ज रहेको “लाउदैन र बाडुल्की” को म्युजिक भिडियो शिव हमालको अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक भएको छ । प्रबीण भट्टले सम्पादन गरेको “लाउदैन र बाडुल्की” गीत मारुनी रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएको थियो ।

जाजरकोट जिल्लाको शिवालय गाउँपालिका–१ निबासी प्रतिभा ‘अर्पण’ बिगत तीन बर्ष पहिला देखि बर्दियाको राजापुर नगरपालिकामा कार्यरत छन् । सानै देखि गजल, कविता लेखेर साहित्य क्षेत्रमा कलम आएकी प्रतिभा ‘अर्पण’ लोक सेवा आयोगले लिएको परिक्षामा तीन बर्ष पहिला सहायक महिला बिकास निरिक्षकमा नाम निकाल्न सफल भएकी थिईन । सहायक महिला बिकास निरिक्षकको स्थापित पचिय भित्र लुकेको भिन्न परिचय प्रतिभा ‘अर्पण’ले आफुलाई “लाउदैन र बाडुल्की” गीतको म्युजिक भिडियोमा स्थापित गर्न खोजेकी छन् ।

 

हेर्नुहोस म्युजिक भिडियो :

प्रतिकृया दिनुहोस्