आज : २०७७ कार्तिक ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जाजरकोटमा सचेत नागरिकद्धारा एमसीसीको विरोध

डिजिटल संचार संवाददाता प्रकाशित : २०७६/१०/४ गते
जाजरकोट

सचेत नागरिकहरुले सनिबार जिल्ला सदरमुकाम खलंगामा एमसीसीको बिरोध गरेका छन् । संयुक्त राज्य अमेरीकाद्धारा तयार पारिएको मिलेनियम च्यालेन्ज कर्पोरेसन तथा सहयोग कार्यक्रम एमसीसी नेपालको हित बिपरित भएको भन्दै सचेत नागरिकहरुले जाजरकोटमा पनि विरोध गरेका हुन् ।

नागरिक समाज र स्थानीय सचेत युवाहरुको संयुक्त पहलमा विरोध कार्यक्रमको आयोजना गर्नुको साथै मिलेनियम च्यालेन्ज कर्पोरेसनले नेपालको सुरक्षा, सार्वभौमसत्ता र स्वाधिनतामा असर पार्ने बताएका थिए । अमेरीकी सहयोग कार्यक्रमले नेपालको मुस्ताङ्गमा रहेको युरोनियम कब्जा गर्नुको साथै चीनमा प्रतिबन्धीत दलाई लामाका गतिबिधीलाईलाई नेपालद्धारा संचालित गराउनका लागि नवलपरासी देखि पाल्पासम्मको नाका खुल्ला गर्नका लागि ल्याउन लागिएको विरोध सभाका बक्ताहरुले बताएका थिए ।

देश चलाउने शासक, प्रशासकहरु कमिसनको खेलमा दौडीरहेको बताउदै बक्ताहरुले पटक–पटक राष्ट्रघाती सम्झौता गरेर नेपाली जन्तालाई धोका दिएको स्मरण गर्दै राष्ट्रघाती सम्झौता गरेर फेरी अर्को गल्ती नदोर्याउन नेताहरुलाई सुझाव दिएका थिए ।

विरोध कार्यक्रममा वोल्ने बक्ताहरुले ठुलो सहयोग रकम आउने निहुमा देशको हित र स्वाभिमानलाई दाउमा राख्न नहुने भन्दै नेपाल सरकार, प्रमुख राजनैतिक दल, संसद र अन्य सरोकारवानलाहरुलाइ एससीसीको विपक्षमा उभिन आग्रह गरे । कार्यक्रममा नागरिक अगुवा राजेन्द्रविक्रम शाह, नेपाल पत्रकार महासंघ जाजरकोटका पुर्व अध्यक्ष जनक केसी, नेपाली काँग्रेस बिपीका नेता तथा पुर्व सहायक मन्त्री झलकनाथ वाग्ले, जाजरकोट उद्योग बाणिज्य संघका अध्यक्ष कर्णवहादुर खत्री र युवा उद्यमी शुशिल रावलले एमसीसी नेपालको हितमा नभएको भन्दै यसलाई नेपाल सरकारले अस्वीकार गर्नुपर्ने वताएका थिए ।

विगतमा गरिएका संन्धीसम्झौताहरुले नेपालको कालापानी, लिम्पियाधुरा, लिपुलेख लगाएतका क्षेत्रमा नेपालको सीमा मिचिएको बक्ताहरुले बताएका थिए । दुइ वर्ष अघि शेरवहादुर देउवा नेतृत्वको सरकारका पालामा भएको एमसीसी सम्झौतालाई केपी वली नेतृत्वको सरकारले नेपालको संसदवाट अनुमोदन गरेर कार्यान्वयन गर्ने कुरा उठिरहेको वेला आज देशैभरि यसको विभिन्न रुपले विरोध गरिएको छ ।

 

संयुक्त राज्य अमेरीकाद्धारा तयार पारिएको मिलेनियम च्यालेन्ज कर्पोरेसन तथा सहयोग कार्यक्रम एमसीसीको पुर्ण पाठ पढ्न यसलाई क्लिंक गर्नुहोला ।

 

प्रतिकृया दिनुहोस्