
जाजरकोट रमाईलो मेला तथा साँस्कृतिक महोत्सव–२०७६ को आय, व्यय मेला आयोजक समितिले मंगलबार सार्वजनिक गरेको छ । चेम्बर अफ कमर्श, जाजरकोटद्धारा लगाईएको मेला तथा महोत्सवको आय, व्यय पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो ।
नाफा कमाउने उदेश्य राखेर मेला तथा महोत्सव संचालन नगरेको भएता पनि मेला आयोजक समितिलाई ७४ हजार ९ सय फाईदा भएको चेम्बर अफ कमर्श, जाजरकोटका अध्यक्ष विश्व बिक्रम शाहले बताए । पौराणीक लोक संस्कृतिको संरक्षण गर्नुको साथै पर्यटन, कृषि र खेल जगतको सम्मान गर्ने उदेश्य राखेर हामीले मेला तथा महोत्सवको आयोजना गरेका थियौं अध्यक्ष शाहले भने–‘मेला तथा महोत्सव संचालन गर्नु हाम्रो लागि नयाँ बिषय थियो, आफै आयोजक भएर मेला संचालन गर्दा थुप्रै नयाँ कुराहरुको सिकाई भएको छ ।’
मेलाको आय तर्फ जम्माजम्मी १६ लाख २८ हजार ९ सय रुपैया भएको अध्यक्ष शाहले बताए । अध्यक्ष शाहले दिएको जानकारी अनुसार भेरी नगरपालिकाबाट ४ लाख, स्टल तथा व्यानरबाट १ लाख ३ हजार ९ सय, खुल्ला भलिबल प्रतियोगिता टीम दर्ता शुल्कबाट ९० हजार र झुलापिङ्गबाट ५० हजार गरेर ६ लाख ४३ हजार ९ सय रुपैया मेला आयोजक समितिको खातामा आई सकेको छ भने, स्टल तथा व्यानरबाट ५० हजार, वन तथा वातावरण मन्त्रालयबाट २ लाख, प्रदेश सरकारको पर्यटन मन्त्रालयबाट १ लाख, प्रदेशकै भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट १ लाख, कुशे गाउँपालिकाबाट १ लाख, बारेकोट गाउँपालिकाबाट ५० हजार, शिवालय गाउँपालिकाबाट ६० हजार, जुनीचाँदे गाउँपालिकाबाट ५० हजार, नलगाड नगरपालिकाबाट ५० हजार, छेडागाड नगरपालिकाबाट ५० हजार, जडिवुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडबाट ५० हजार, निर्माण व्यवसायी संघ, जाजरकोटबाट २५ हजार, चेम्बर अफ कमर्श केन्द्रीय कार्यालयबाट ५० हजार र एनआईसी एशिया बैंकबाट ५० हजार गरि ९ लाख ८५ हजार समितिको खातामा आउन बाँकी रहेको छ ।
त्यसैगरि मेला तथा महोत्सवको जम्माजम्मी खर्च १५ लाख ५४ हजार भएको अध्यक्ष शाहले जानकारी दिए । अध्यक्ष शाहले दिएको जानकारी अनुसार कलाकारहरुको पारिश्रमिक २ लाख, यातायात खर्च ४० हजार, खाना तथा बास खर्च ४४ हजार, नास्ता तथा खाजा खर्च २६ हजार भएको छ भने, मञ्च, स्टल तथा महोत्सव स्थलको व्यवस्थापन तर्फ १ लाख ५० हजार, साउण्ड सिस्टमको भाँडा १ लाख ५० हजार, व्यानर छपाईमा १ लाख ५० हजार, प्रमाण पत्र, व्याज छपाई तथा खेल सामाग्री खरिदमा १ लाख ५० हजार, आयोजकको खाना खर्च ८८ हजार, स्वयमसेवक परिचालन १ लाख १० हजार, खुल्ला भलिबल प्रतियोगिताको पुरस्कार र अन्य खर्च ३ लाख ३१ हजार र विविध खर्च तर्फ १ लाख १५ हजार रहेको छ ।