आज : २०७७ कार्तिक ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

खुल्ला भलिबल प्रतियोगिताको उपाधी चुली युुवा क्लब, सुर्खेतलाई

डिजिटल संचार संवाददाता प्रकाशित : २०७६/९/१६ गते
जाजरकोट

जाजरकोट रमाईलो मेला तथा सांस्कृतिक महोत्सव–२०७६ को अवसरमा आयोजना गरिएको खुल्ला भलिबल खेलको उपाधी सुर्खेतको चुली युवा क्लबले हात पारेको छ । जितसँगै कल्वले एक लाख पचास हजार रुपैया नगद पुरस्कार समेत हात पारेको हो । जाजरकोट स्थित शसस्त्र प्रहरी बल एपीएफलाई पराजित गर्दै चुली युवा क्लब विजयी भएको हो ।

जिल्ला सदरमुकाम खलंगा थाप्लेचौर स्थित खेलमैदानमा बेस्ट अफ फाईभमा खेलाईएको निकै रोमाञ्चक फाईनल खेलमा ३–१ ले सुर्खेतले जित निकालेको हो । २५–१७, २५–१७, १९–२५ र २५–१८ को सेटमा एपीएफ पराजित भएको आयोजकले जनाएको छ । द्धितिय भएको एपीएफले नगद एक लाख हात पारेको छ । भलिवल प्रतियोगितामा तृतिय भएको नेपाली सेनाको ज्वालादल गणले ५० हजार रुपैया पाएको छ । सात टिमको सहभागीता रहेको भलिवल प्रतियोगिता लिक कम नकआउटको नियम अनुसार खेलाईएको रेफ्री अमर चन्दले बताए । भलिवल प्रतियोगितामा स्थानीय क्लव, विभिन्न पालिका, नेपाल आर्मी, एपीएफ र छिमेकी जिल्लाका टिमहरु सहभागी रहेका थिए । गत १२ पुस गते देखी भएको खेलको फाईनल खेल बुधवार भएकोे हो ।

जाजरकोटमा अहिलेसम्म आयोजना गरिएका खेल मध्यको सर्वाधिक राशीको पुरस्कार हो । जाजरकोट रमाईलो मेला तथा सांस्कृतिक महोत्सव–२०७६ को मुख्य आकर्षण भलिवल खेल पनि रहेको छ । “स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल ।” भन्ने मुल नारा सहित रमाईलो मेला तथा साँस्कृतिक महोत्सव–२०७६ मा आयोजना गरिएको भलिवल प्रतियोगिताले भलिवलको विकास गर्न तथा सक्षम खेलाडीहरु उत्पादनको अवसर सिर्जना गरेको आयोजक च्याम्बर अफ कमर्शका अध्यक्ष विश्वविक्रम शाहले बताए । अहिलेसम्मकै ठुलो रासीको पुरस्कार राखेर जाजरकोट रमाइलो मेला तथा साँस्कृतिक महोत्वस–२०७६ मा भलिवल प्रतियोगिता आयोजना गरिएको च्याम्बर अफ कमर्शले जनाएको छ । खुल्ला भलिबल प्रतियोगिताको समापनसंगै जाजरकोट रमाइलो मेला तथा साँस्कृतिक महोत्सव–२०७६ को पनि बुधबार देखि औपचारिक रुपमा समापन भएको छ ।

प्रतिकृया दिनुहोस्