आज : २०७७ कार्तिक ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रमाईलो मेलाका दर्शकमा पैदा गरे खेलाडीले जोश र कालाकारले स्फुर्ती

डिजिटल संचार संवाददाता प्रकाशित : २०७६/९/१५ गते
जाजरकोट

रमाईलो मेला तथा साँस्कृतिक महोत्सव–२०७६ को चौथो दिन दर्शकहरुमा खेलाडीले जोश र कलाकारले स्फुर्ती पैदा गरेका थिए । मेलाको मुख्य आकर्षणका रुपमा रहेको खुल्ला भलिबल प्रतियोगीतामा प्रदर्शन गरिएको खेलले दर्शकहरुमा जोश पैदा गरेको थियो भने कलाकारहरुको साँस्कृतिक प्रस्तुतीले स्फुर्ती पैदा गरेको थियो ।

गत १२ गते देखि “पौरानीक लोक संस्कृति, पर्यटन, कृषि र खेल गजतको सम्मान, आत्मनिर्भर र समुन्नत जाजरकोट निर्माण ।” भन्ने मुल नारा सहित च्याम्बर अफ कमर्श, जाजरकोटले जिल्ला सदरमुकाम खलंगाको तल्लो थाप्लेमा संचालन गरेको रमाईलो मेला तथा साँस्कृतिक महोत्सव–२०७६ को चौथा दिन आज खुल्ला भलिबल प्रतियोगिताका खेलाडी खेल प्रदर्शन गरेका थिए भने, जिल्लाका कालाकारहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

खुल्ला भलिबल प्रतियोगिताका खेलाडीहरुको प्रदर्शन गरेको आकर्षक खेलले दर्शकहरुमा नयाँ जोश पैदा गरेको थियो भने, कलाकारहरुको साँस्कृतिक प्रस्तुतीले दर्शकहरुमा नयाँ स्फुर्ती पैदा गरेको थियो । घाँस, दाउरा, कुटो कोदालोमा सिमित रहेका गाउँका नागरिकहरुका लागि रमाईलो मेला तथा साँस्कृतिक महोत्सव–२०७६ बर्ष दिनको दुःख बिसाउने चौतारी भएको लामो समयदेखि सामाजिक मोनोपरामर्शका क्षेत्रमा काम गर्दै आएका राजेन्द्र विक्रम शाहको भनाई रहेको थियो । उक्त मेला तथा महोत्सवमा प्रदर्शन गरिएको भलिबल प्रतियोगिताले दर्शकहरुमा नयाँ जोश पैदा मात्र गरेन सबैलाई जागरिलो बन्न उत्प्ररित गरेको छ शाहले भने–‘कलाकारहरुको साँस्कृतिक प्रस्तुतीले आम नागरिकहरुमा उमङ्गता सहितको स्फुर्ती पैदा गरेको छ ।’

कलाकारहरुको साँस्कृतिक प्रस्तुतीले दर्शकहरुमा नयाँ उमङ्ग तथा स्फुर्ती पैदा गरेको थियो । जाजरकोट जिल्लाकै मोडन तथा डान्सर प्रशंशा परि, गायक तथा एरेन्जर राजु सुनाम, बलु आरसी, जयबहादुर रावल रेशम शाही, प्रेमकला पुन, दुर्गा बिसी, बशन्त बिसी, महेन्द्र सिंह, हजारी नेपाली, दिपक चदाराले प्रस्तुत गरेको प्रस्तुतले मेलाका दर्शकहरुको धित मर्न सकेको थिएन । जति हेरे पनि हेरौं–हरौं लाग्ने कालाकारहरुको प्रस्तुती प्रति दर्शकहरु लालाहित देखिएका थिए । झमक्क साँझ परेर सन्ध्याकालिन अबस्था सुरु हुदा पनि स्टेजको कार्यक्रम हेर्नबाट दर्शकहरु बाहिरिन नै चाहेका थिएनन् । जबसम्म मेला आयोजक समितिले आजको कार्यक्रम स्थगन गरेर स्टेज छोडेन तबसम्मद दर्शकहरु स्टेज वरिपरिको ठाउँनै छोड्न मानेका थिएनन् । आजका अतिथि कलाकारका रुपमा तनहुकी गायीका आशिका गुरुङ्ग, सुर्खेतका डान्सर साजन शर्मा, बर्दियाकी डान्सर प्रगती थारु रहेका थिए भने, स्थानीय कलाकार शिवालय गाउँपालिका, कुशे गाउँपालिका, बारेकोट गाउँपालिकाका कलाकारहरु रहेका थिए । सुर्खेतका डान्सर साजन शर्माको आधुनिक नृत्यले दर्शकहरुलाई लालाहित बनाएका थिए । हेर्दानै चलचित्रको हिरो जस्तै देखिने सुर्खेतका नृत्यकार साजन शर्मा व्यवसायिक कलाकार हुन् ।

मेलामा खुल्ला भलिबल प्रतियोगिता र साँस्कृतिक कार्यक्रम मात्र प्रस्तुत नभएर उद्योग, व्यापार, व्यवसाय प्रवद्र्धन गर्नका लागि विभिन्न स्टलहरु पनि राखिएको छ । नेपाल सरकारको जुडीवुटी कम्पनी लिमिटेडले उत्पादन गरेका जडिवुटी जन्य औषधीहरु पाईने, जिल्लाका किसानहरुले उत्पादन गरेका कृषि उपज, कृषि, भेटनरी, स्वास्थ्य लगाएतका चेतनामुलक स्टलहरु पनि राखिएको छ । उक्त स्टलहरु भोलीसम्म राखिने मेला आयोजक समितिले जनाएको छ । मेला आयोजक समितिले दिएको जानकारी अनुसार खुल्ला भलिबल प्रतियोगिताको अन्तिम खेल र कलाकारहरुका रोचक साँस्कृतिक प्रस्तुतीहरु भोली प्रदर्शन तथा प्रस्तुत गरिने भएको छ ।

प्रतिकृया दिनुहोस्