आज : २०७७ कार्तिक १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

दर्शकलाई रुवाईन प्रसंशाले, राजु सुनामले नचाए प्रदेश माननीयलाई

डिजिटल संचार संवाददाता प्रकाशित : २०७६/९/१३ गते
जाजरकोट

जिल्ला सरमुकाम खलंगामा प्रत्येक बर्ष लाग्दै आएको रमाईलो मेला तथा साँस्कृतिक महोत्सव–२०७६ सनिबार देखि सुरु भएको छ । रमाईलो मेलाको दोस्रो दिन आईतबार नृत्य कलाकार प्रसंशा परिले दर्शकहरुलाई रुवाएकी छन् भने, गायक राजु सुनामले कर्णाली प्रदेश सभा सदस्य तथा प्रदेश माननीय कृष्ण शाह लगाएतका पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरुलाई मञ्चमै छम्छम्ती नचाएका थिए ।

“पौराणीक लोक संस्कृति, पर्यटन, कृषि र खेल जगतको सम्मान, आत्मनिर्भर र समुन्नत जाजरकोट निर्माण ।” भन्ने मुल नारा सहित च्याम्बर अफ कमर्श, जाजरकोटको आयोजनामा संचालन भएको रमाईलो मेला तथा साँस्कृतिक महोत्सव–२०७६ को दोस्रो दिन जाजरकोट जिल्लाकै मोडन तथा डान्सर प्रसंशा परिले गायक प्रकाश सपुतको स्वरमा सजिएको, कलाकार अन्जली अधिकारीको भुमिकामा प्रस्तुत “बोल माया” बोलको गितमा अभिनय गरेर मेला भर्न आएका दर्शकहरुलाई रुवाएकी थिईन् । प्रसंशा परिको अभिनय मात्र नभएर अनुहार पनि अन्जली अधिकारीसंग मेल खाएको दर्शकहरुले प्रतिक्रिया दिएका थिए । उक्त गितको अभिनयमा प्रसंशा परिलाई सुर्खेतका कलाकार सादन शर्माले साथ दिएका थिए ।

त्यसैगरि जिल्लाकै गायक कलाकार राजु सुनामले टप्पा “झुम्के रमाल” र “सालै जो सुपारी” भन्ने बोलको गित प्रस्तुत गरेका थिए । सुनामले प्रस्तुत गरेको उक्त गितमा कर्णाली प्रदेश सभा सदस्य तथा प्रदेश माननीय कृष्ण शाह, भेरी, छेडागाड, नलगाड नगरपालिकाका उपप्रमुख, कुशे र बारेकोट गाउँपालिकाका उपाध्यक्ष लगाएतका जनप्रतिनीधिहरुले मञ्चमै छमछम्ती नाँचेर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिनुका साथै कलाकार राजु सुनामलाई साथ दिएका थिए ।

प्रसंशा परिले “बोल माया” बोलको गितमा अभिनय गरेर दर्शकहरुलाई दुखी बनाएकी थिइन भने,“चोली अलि छोटो भयो”, “चरिले काफल टिप्यो, खानालाई हो की ? खुवाउनलाई हो ?, जाली रमाल” लगाएतका बोलका गितमा नृत्य प्रस्तुत गरेर दर्शकहरुलाई मनोरञ्जन दिएकी थिईन् ।

रमाइलो मेलामा साँस्कृति प्रस्तुति प्रदर्शन गरेर दर्शकहरुलाई मनोरञ्जन दिने कलाकारहरुमा राजु सुनाम, प्रसंशा परिसंगै जिल्लाकै गायक जयबहादुर रावल, बलु आरसी, रेशेम शाही, प्रेमकला पुन, बशन्त बिसी, हजारी नेपाली, सपना शाही, नरेन्द्र भण्डारी, दिपक चदारा, सुर्खेतका सादन शर्मा र तनहुँकी आशिका गुरुङ्ग रहेका छन् । उक्त कलाकार टिमले १६ गतेसम्म दर्शकहरुलाई नियमित रुपमा मनोरञ्जन दिने मेला आयोजक समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस्