आज : २०७७ कार्तिक ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रमाईलो मेला तथा साँस्कृतिक महोत्सव–२०७६ खुल्ला हुने

डिजिटल संचार संवाददाता प्रकाशित : २०७६/९/५ गते
जाजरकोट

जिल्ला सदरमुकाम खलंगामा यहि पुस १२ गतेदेखि १६ गतेसम्म लाग्ने रमाईलो मेला तथा साँस्कृतिक महोत्सव–२०७६ खुल्ला रुपमा संचालन हुने भएको छ । बिगत बर्षहरुमा लाग्ने जाजरकोट महोत्सवमा टिकट शुल्क लिने गरिन्थ्यो भने, यसबर्ष देखि लाग्ने रमाईलो मेला तथा साँस्कृतिक महोत्सवमा टिकट शुल्क नलाग्ने भएको छ ।

बिगत केहि बर्ष पहिले देखि उद्योग बाणिज्य संघ, जाजरकोटको आयोजनामा जाजरकोट महोत्सव लाग्दै आएको खलंगा थाप्लेचौरमा यसबर्ष देखि च्याम्बर अफ कमर्श, जाजरकोटको मुख्य आयोजनामा रमाईलो मेला तथा साँस्कृतिक महोत्सव–२०७६ लाग्न भएको च्याम्बर अफ कमर्श, जाजरकोट अध्यक्ष बिश्वबिक्रम शाहले बताए । मेला तथा महोत्सव अबलोकण गर्न बिगत बर्षहरुमा दर्शकहरुले शुल्क तिर्नुपर्ने अबस्था भएपनि यसबर्ष दर्शकहरुले शुल्क तिर्नु नपर्ने अध्यक्ष शाहले जानकारी दिए ।

बिगत बर्षहरुमा त्रिभुवन माध्यामिक बिद्यालयको प्राङ्गणमा लाग्दै आएको महोत्सवलाई यसबर्ष देखि तल्लो थाप्लेमा रहेको बसपार्कमा रमाईलो मेता तथा साँस्कृतिक महोत्सव लगाउने तयारीमा जुटेका छौं अध्यक्ष शाहले भने–‘आकर्षक मेला तथा महोत्सवको आयोजना गर्न च्याम्बर अफ कमर्शले ५० सदस्य मुल आयोजक समारोह गठन गरेको छ भने, १५ सदस्य सचिवालय गठन गरिएको छ, ९ वटा उपसमितिहरु गठन गरेका छौं, मेला तथा महोत्सवलाई मर्यादित बनाउनुको साथै शान्ति सुरक्षा कायम गर्न सरकारका तीन वटै सुरक्षा निकायसंग सहकार्य गरेर अगाडी बढिरहेका छौं ।’

रमाईलो मेला तथा साँस्कृतिक महोत्सव–२०७६ को मुख्य आकर्षणका रुपमा १ लाख ५० हजार प्रथम पुरस्कार, एक लाख द्धितिय पुरस्कार र ५० हजार तृतिय पुरस्कार राशी रहेको खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष शाहले डिजिटल संचारलाई जानकारी दिए । अध्यक्ष शाहले दिएको जानकारी अनुसार भलिबल खेलाडीहरुले यहि पुस ७ गते देखि ११ गते भित्रै टीम दर्ता गराई सक्नु पर्ने छ । भलिबल टीम दर्ताका लागि रमेश चन्द र लोकेन्द्र चन्दलाई सम्पर्क व्यक्तिका रुपमा तोकिएको छ ।

त्यसैगरि रमाईलो मेला तथा साँस्कृतिक महोत्सव अबधिभर राष्ट्रिय स्तरमा स्थापित जिल्लाबासी तथा आमन्त्रित कलाकारहरुको निरन्तर साँस्कृतिक प्रस्तुतिका साथै जिल्लाको ख्याली, पैसेरी, खाँडो, मयुर नाँच जस्ता लोपन्मुख तथा पौरानिक झाँकीहरु प्रस्तुत गरिने अध्यक्ष शाहले बताए । साँस्कृतिक तथा झाँकी प्रस्तुतिका लागि सम्पर्क व्यक्ति जयबहादुर रावल रहेको अध्यक्ष शाहको भनाई रहेको छ ।

मेलामा बालबालिकाहरुका लागि झुला, पिङ्ग लगाएतका बालउधानका खेलहरु संचालन गरिने अध्यक्ष शाहले बताएका छन् । रमाईलो मेला तथा साँस्कृतिक महोत्सव–२०७६ संचालन गर्नका लागि च्याम्बर अफ कमर्शलाई भेरी नगरपालिकाले ४ लाख रुपैया सहयोग गर्ने भएको छ भने, जिल्लाका अन्य ६ वटै पालिकाले सहयोग गर्ने अध्यक्ष शाहले बिश्वास लिएका छन् । अध्यक्ष शाहले दिएको जानकारी अनुसार मेला तथा महोत्सव संचालन गर्नका लागि नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय र मन्त्रालय अन्तरगत रहेको जडिवुटी कम्पनीले आर्थिक सहयोग गर्ने भएको छ । उक्त मेला तथा महोत्सवको औपचारिक उद्घाटन वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको हातबाट गराउने प्रयास भई रहेको अध्यक्ष शाहले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्