आज : २०७७ कार्तिक १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

फुटबलको उपाधी केएफसीलाई

विजेता टिमलाई खसी पुरस्कार

डिजिटल संचार संवाददाता प्रकाशित : २०७६/७/१ गते
जाजरकोट

जाजरकोट खलंगामा आयोजित नगर स्तरीय फुटबल प्रतियोगितामा खलंगा फुटबल क्लबले उपाधी हात पारेको छ । पेनाल्टी सुट आउटमा कालिका–मालिका टिमलाई हराउँदै खलंगा फुटबल क्लब (केएफसी)ले उपाधी हात पारेको हो । कुमारी ट्रष्टको आयोजना, कुशेमालिका अनलाईनको सह–आयोजना र एचएच बजाज सोरुमको प्रायोजनमा भएको रोमाञ्चक खेलमा विजेता र उपविजेतालाई खसी पुरस्कार प्रदान गरिएको छ ।

विहिवार त्रिभुवन मावि खलंगा थाप्लेचौरमा भएको भेरी नगरपालिका स्तरीय फाईनल खेलमा दुवै टिमले बराबरी दुई–दुई गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । पहिलो हाप टाइम अघि कालिका–मालिका टिमले दुई गोल गर्दै अग्रता लिएको थियो । कालिका–मालिकाका दिपक चन्दले २२ औ मिनेटमा पहिलो गोल गर्दै खेलमा अग्रता लिएका थिए । लगत्तै सोही टिमका अर्का खेलाडी विवस विक्रम शाहले ३३ औं मिनेटमा अर्को गोल गदै २–० ले अग्रता दिलाएका थिए । मध्यान्तर पछि आक्रामक बनेको खलंगा फुटबल क्लब गोल फर्काउँदै खेल फर्किएको थियो ।

केएफसीका भानु वलीले ५६ औ मिनेटमा एक गोल फर्काएका थिए भने, खेलको अन्तिम समयमा सोही टिमका प्रदिप विकले दोस्रो गोल फर्काएपछि खेल निकै रोमाञ्चक बनेको थियो । ७९ औ मिनेटमा प्रदिपले गरेको गोलले दुवै टिमलाई बराबरीमा पुरयाएको हो । अन्तिम समयमा कालिका–मालिका टिमले विपक्षीको डि एरियामा गरेको फल लिदै रेफ्रीले फ्रि किक हान्ने मौका दिएपछि त्यसको सदुपयोग गर्दै केएफसीले खेललाई बराबरीमा पुुुरयाएको हो । बराबरी गोेल भएको एक मिनेटमै खेलको निर्धारित ७० मिनेटको समय सकिएको थियो । समय सकिएपछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो । पेनाल्टी सुट आउटमा केएफसीका ५ जनाले नै गोल गर्न सफल भएका थिए । तर कालिका–मालिकाका एक जना खेलाडीले पेनाल्टी मिस गरेपछि ५–४ ले केएफसीले उपाधी हात पारेको रेफ्री मनोज शाहले बताए । विजेतालाई ठुलो खसी र उपविजेतालाई सानो खसी प्रदान गरिएको आयोजक रमेश चन्दले बताए । गत सोमवार देखी भएको फुटबल प्रतियोगितामा ६ ओटा टिमले भाग लिएका थिए ।

प्रतिकृया दिनुहोस्