आज : २०७७ कार्तिक १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

व्याडमिन्टन प्रतियोगिताको उपाधी भडेललाई

डिजिटल संचार संवाददाता प्रकाशित : २०७६/६/१२ गते
जाजरकोट

जिल्ला स्तरीय खुल्ला पुरुष व्याडमिन्टन प्रतियोगिताको उपाधी खलंगाका युवा राजु भडेल र प्रणाम भडेलले हात पारेका छन् । बिजयादशमीको अवसरमा जाजरकोटमा चेम्वर अफ कमर्स जाजरकोटले आयोजना गरेको खुल्ला पुरुष व्याडमिन्टन प्रतियोगिताको प्रथम उपाधी द्धय भडेलले हात पारेका हुन् ।

खुल्ला पुरुष व्याडमिन्टन प्रतियोगिताको आयोजना चेम्वर अफ कमर्स जाजरकोटले गरेको थियो भने, निर्माण व्यावसायी संघ जाजरकोटको मुख्य प्रायोजन र डाँफे युवा क्लव जाजरकोटको सह–आयोजक रहेका थियो । सदरमुकाम खलंगामा सन्चालित खुल्ला पुरुष व्याडमिन्टन प्रतियोगितामा १८ वटा समुहले भाग लिएका थिए ।

दुई दिनसम्म चलेको खुल्ला पुरुष व्याडमेन्टन प्रतियोगितामा १७ वटा टीमलाई पछि पार्दै राजु भडेल र प्रणाम भडेलको जोडीले जित हात पारेको थियो । त्यसैगरी विश्वविक्रम शाह र निराजन विक्रम शाहीको जोडीले द्धितीय स्थान हालिस गरेको छ । जाजरकोटका प्रहरी प्रमुख (डिएसपी) स्यामवहादुर खत्री र प्रहरी सहायक निरीक्षक मनिष गुरुङ तथा स्थानीय युवाहरु नारायण भडेल र साजन शाक्यको जोडीले तृतीय स्थान हासिल गरेको छ । उक्त व्याडमिन्टन प्रतियोगिताका विजयी खेलाडीहरुलाई आइतवार विहान एक कार्यक्रमको आयोजना गरेर पुरस्कार, प्रमाण पत्र र मेडल प्रदान गरिएको थियो ।

प्रतियोगितामा प्रथम हुने राजु र प्रणामको जोडीलाई १० हजार ५ रुपैया नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो । द्धितीय हुने निराजन शाही र विश्व विक्रम शाहको जोडीलाइ ८ हजार ५ रुपैया नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो भने, तृतीय स्थान हासिल गर्ने स्यामवहादुर खत्री र मनिष गुरुङ्ग र नारायण भडेल र साजन शाक्यको दुइ जोडीलाइ तीन तीन हजार नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।

प्रतियोगितालाई आर्थिक तथा अन्य सहयोग गर्ने डाँफे युवा क्लव, निर्माण व्यावसायी संघ, स्थानीय व्यापारी तथा निर्माण व्यवसायी बुद्धीबहादुर खत्री, गोविन्दजंग शाह, कृष्णवहादुर मल्ल, अर्जुन पुन मगर, दिपक आचार्य, हरिवहादुर थापालाइ प्रशंसा पत्र र खादा लगाएर सम्मान गरिएको थियो ।

पुरस्कार वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रममा वोल्ने वक्ताहरुले जाजरकोटमा खेल क्षेत्रलाइ अघि वढाउन युवाहरुले गरेका प्रयासहरुलाइ सवैले साथ दिनु पर्ने धारणा राखेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जिल्लामा खेल क्षेत्रको विकासका लागि स्थानीय युवाहरुको प्रयास र गतिविधि निकै प्रंशसनीय रहेको वताए । उनले युवा खेलाडीहरुले गरेको प्रयासलाई सवैले साथ र सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा निर्मांण व्यावसायी संघ, जाजरकोट अध्यक्ष कृष्णविक्रम शाहले जिल्लाको खेल क्षेत्रको विकास गर्न स्थानीय सरकारले जोड दिनुपर्ने धारणा राखेका थिए । जाजरकोटका युवाहरुले खेल क्षेत्रमा देखाएको सक्रियतालाई मिडियाको तर्फवाट पचार प्रसार हुन नसकेको नेपाल पत्रकार महासंघ, जाजरकोट अध्यक्ष भीमवहादुर सिंहले बताए । जाजरकोटका युवा खेलाडीहरुलाई संगठित गर्दै संघलाई राष्ट्रिय स्तरमा दर्ता गराउने व्याडमिन्टन संघ जाजरकोट अध्यक्ष महेन्द्र भडेलले बताए । कार्यक्रममा जिल्ला अस्पताल विकास समितिकी अध्यक्ष धर्मशीला वस्नेतले पनि भनाई राखेकी थिइन । स्वस्थ र अनुशासित नागरिक उत्पादन गर्न खेलकुदको महत्वपूर्ण भुमिका रहने अध्यक्ष बस्नेतको भनाई रहेको थियो । प्रतियोगिता सन्चालन गर्नमा विभिन्न व्यक्ति एवं सस्थाहरुले सहयोग गरेको चेम्वर अफ कमर्स जाजरकोट अध्यक्ष विश्वविक्रम शाहले जानकारी दिदै, प्रतियोगिता संचालन गर्नका लागि सहयोग गर्ने सबै संघ, संस्था र व्यक्तिहरुलाई अध्यक्ष शाहले धन्यवाद दिएका थिए ।

प्रतिकृया दिनुहोस्