आज : २०७७ कार्तिक १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सल्यानको सल्लीबजारमा कृष्ण जन्मअष्टमी भव्यताका साथ मनाईयो

ईन्द्र बुढाथोकी प्रकाशित : २०७६/५/७ गते
सल्यान

पश्चिम सल्यानको बनगाड कुपिण्डे नगरपालिका १ देवस्थलमा रहेको कृष्ण मन्दिरमा पनि हिजो कृष्ण जन्माष्टमी अवसरमा मेला लागेछ । सधैका वर्ष जस्तै यस वर्षमा पनि विभिन्न ठाउँहरुबाट बिहान देखि नै व्रत बसेर स्रदालु भक्तजनको यस मन्दिरमा पुजापाठ गर्न बिहानै देखि दिनभरि घुइँचो लागेको थियो ।

यस कृष्ण मन्दिरमा पुजापाठ गर्नेको लागि बनगाड कुपिण्डे नगरपालिका, सुर्खेतको सिम्तागाउपालिका, जाजरकोट लगाए मानिसहरू आएर पुजापाठ गर्ने गर्दछन । पहिलेको वर्ष भन्दा अहिले विस्तारै मेला हेर्न आउने मान्छेहरु कम हुँदै जादा मेलाको रौनक अलि फरक भएको थियो ।

मेलाको अवसरमा जनकल्याण युवा क्लब सल्लीबजारले फुटबल खेलको आयोजना गरेको थियो । खेल उद्घाटन कार्यक्रम प्रमुख अतिथि नगर प्रमुख गोविन्द कुमार पुन, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सल्यान जिल्ला पार्टी सचीव कर्ण बहादुर बुढाथोकी, बनगाड कुपिण्डे नगरपालिका प्रमुख प्रशासकिय अधिकृत हरि बहादुर खत्री लगाए अन्य अतिथिहरुको उपस्थिति रहेको थियो ।

उक्त खेल बनगाड कुपिण्डे नगरपालिका मेयर गोविन्द कुमार पुनले उद्घाटन गरेका थिए । खेल उद्घाटन कार्यक्रममा बोल्दै मेयर पुनले अब फुटबल खेल यसरी नगरपालिका सबै वडामा खेल मैदानको व्यवस्था गर्न आफुले सक्दो पहल गर्ने बताए ।

फुटबलमा प्रथम र द्धितिय हुने खेलाडीलाइ क्रमश ५० हजार र ३० हजार, मेडल, कप, र प्रमाणपत्र सहित पुरस्कारको पनि व्यवस्था गरिएको थियो अध्यक्ष सन्देश यरिले भने । जम्मा १८ वटा टिमले खेलमा भाग लिएका थिए ।

प्रतिकृया दिनुहोस्