आज : २०७७ कार्तिक १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

लिखित कागज गराए प्रदेश माननिय सिंहले निर्माण कम्पनीलाई

तीन महिनामा काम सम्पन्न नगरे ठेक्का तोड्ने सहमति

डिजिटल संचार संवाददाता प्रकाशित : २०७६/४/२१ गते
जाजरकोट

टेलिफोन टावर निर्माण कार्यको जिम्मा लिएको एक निर्माण कम्पनीलाई कर्णाली प्रदेशका माननिय गणेशप्रसाद सिंहले लिखित कागज गराएका छन् । जाजरकोट जिल्लाका विभिन्न ठाउँमा टेलिफोन टावर निर्माण गर्ने ठेक्का लिएको निर्माण कम्पनीलाई तीन महिना भित्रै काम गरिसक्ने लिखित कागज गराएका हुन ।

उक्त कागजमा तीन महिना भित्रै काम सम्पन्न गर्न नसके ठेक्का सम्झौंता तोड्ने सहमति भएको छ । नेपाल टेलिकमको वारलेस सेवा निगमको केन्द्रिय कार्यालय बबरमहल काठमाडौंमा माननिय गणेश प्रसाद सिंहले आईतबार नेपाल टेलिकमको वारलेस सेवा निगमका निर्देशक सरोजमान सिंह प्रधान, नेपाल टेलिकमको वारलेस सेवा निगमका प्रबन्धक मिनु प्रधान, संगिता पहाडी, नेपाल टेलिकमको वारलेस सेवा निगमका उप प्रबन्धक अनन्त प्रकास मल्लिक, गोपाल केसीको रोवरमा नेपाल टेलिकमसंग जाजरकोट जिल्लामा टेलीफोन टावर निर्माण गर्ने ठेक्का सम्झौता गरेको अष्टर इण्डिया प्रालीका व्यवस्थापक भोजराज बडु, सामाग्री ढुवानी गर्ने जिम्मा लिएका दुर्गेश झालाई लिखित कागज गराएका थिए ।

जाजरकोट जिल्लाका विभिन्न ठाउँमा टावर निर्माण गर्ने ठेक्का नेपाल टेलीकम र अष्टर इण्डिया प्राली बिच एनडिसिएल÷डव्लुएसडि ०७३÷७४ बमोजिम ठेक्का सम्झौता भएको नेपाल टेलिकमले जनाएको छ । ठेक्का सम्झौता पत्रमा निर्धारण गरिएको समयमा अष्टर इण्डिया प्रालीले काम सम्पन्न नगरेर वेला–वेलामा म्याद थप्नुपर्ने अबस्था आएको नेपाल टेलिकमको केन्द्रिय कार्यालयले जनाएको छ ।

अष्टर इण्डिया प्रालीका व्यवस्थापक भोजराज बडु र सामाग्री ढुवानीका दुर्गेश झालाई माननीय सिंहले गराएको लिखित कागजमा जुनीचाँदे गाउँपालिकाको मजकोट र बारेकोट गाउँपालिकाको शेरीमा बनाउन लागिएको टेलिफोन टावरको काम साउन महिना भित्रै सम्पन्न गर्ने, बारेकोट गाउँपालिकाको नायकबाडा (रतनकोट) टेलिफोन टावरको काम भदौं महिनाको पहिलो हप्ता भित्रै सम्पन्न गर्ने, नलगाड नगरपालिकाको डाडाँगाउँ टेलिफोन टावरको काम भदौ महिना भित्र सम्पन्न गर्ने, बारेकोट गाउँपालिकाको सक्ला र कुशे गाउँपालिकाको पैंक टेलिफोन टावरको काम सम्पन्न गर्नलाई अष्टर इण्डिया प्रालीले यही साउन २१ गते भित्रै कार्यतालिका नेपाल टेलिकमको कार्यालयमा पेश गर्ने सम्झौंता भएको छ । उल्लेखित कार्यतालिका अनुसार काम गरेमा एनडिसिएल÷डव्लुएसडि ०७३÷७४ बमोजिम ठेक्का सम्झौतामा भएका सम्पुर्ण सर्तहरु लागु हुनेछन लिखित कागजमा भनिएको छ–‘अन्यथा नेपाल टेलिकमले सम्झौता तोडी कारबाहीको प्रकृयालाई अगाडी बढाउन बाध्य हुनेछ ।’

हिजोका दिनमा मान्छेका आधारभुत आबश्यकता भित्र गाँस, बास र कपास मात्र पर्ने गरेको भएता पनि आजको दिनमा गाँस, बास, कपाससंगै संचार पनि आधारभुत आबश्यकता भित्र परेको बताउदै माननीय सिंहले टेलिफोन टावर निर्माणको काम लिखित कागजमा भएको सहमति पालन गर्न टावर निर्माण कम्पनी अष्टर इण्डिया प्रालीलाई आग्रह गरे । भौगलिक हिसावले दुर्गम बारेकोट, जुनीचाँदे र कुशे गाउँपालिकाका नागरिकहरु शिक्षा–स्वास्थ्य, विद्युत, मोटरबाटो, खानेपानी जस्ता बिषयले पछि परेको बताउदै माननीय सिंहले गाउँमा बिरामी भएको मान्छेलाई जिल्ला सदरमुकामसम्म पुर्याउनलाई अर्को गाउँमा भएको स्टिचर मगाउनलाई फोन गर्न मिल्ले टावर र नेटवर्क नभएको बताए ।

गाउँमा बिरामी भएको नागरिकले कमाईका लागि विदेश गएको वा पढाई लेखाईका लागि घर छोडेको छोरासंग कुरा गर्न मिल्ने टेलिफोन टावर तथा नेटवर्क नभएको बताउदै माननीय सिंहले जाजरकोट जिल्लामा निर्माण गर्न लागिएका ६ वटा टेलिफोन टावर तत्काल निर्माण गर्न नेपाल टेलिकमको केन्द्रिय कार्यालयको ध्यानाकर्षण गराएका छन् ।

प्रतिकृया दिनुहोस्