आज : २०७७ कार्तिक ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेपथ्य लाईफ कन्सटबाट संकलन भएकों मुनाफा अन्तर्राष्ट्रिय क्रिकेत रगंशाला निर्माणमा लगानी गर्ने

रमेश खड्का प्रकाशित : २०७५/१०/२४ गते
दुबाई

दुबाईमा आयोजना हुने नेपथ्य लाईफ कन्सटबाट संकलन भएकों मुनाफा धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनमा निर्माण गर्न लागेको गौतमबुद्द अन्तर्राष्ट्रिय क्रिकेत रगंशाला निर्माणस्थल सहयोग गर्ने भएको छ । लोकरक ब्याण्ड नेपथ्यले स्थापनाको २५ औं वर्ष अबसरमा सांगीतक यात्राको लागि देश बाहिर दुबई आउन लागेको हो ।

नेपथ्य लाइभ कन्सर्ट नामकरण गरिएको सांगीतिक कार्यक्रम करामाको अलनासर लेजरल्याण्ड क्लबमा हुने भएको छ । ३ हजार बढी दर्शक क्षमता भएको क्लबलाई तताउन नेपालबाट ब्याण्डका प्रमुख अमृत गुरुङको संयोजनमा १० सदस्यहरु टोली आउने आयोजक मोहनसिंग लिम्बुले बताए । भारत, अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, बेलायत, युरोप, कोरिया, जापान, हङकङ, लगायतका देशमा सांगीतिक कार्यक्रम प्रस्तुत गरिसकेको नेपथ्य दोश्रो पटक दुबई आउन लागेको हो ।

प्रवासमा रोजगारीको थकानलाई नेपाली कलासाहित्य संस्कृतिलाई प्रबर्धन एंवम् साङ्गितिक मनोरञ्जनको लागि सांगीतिक समुह नेपथ्य दुबई आउन लागेको हो । नेपथ्य लाइव कन्सर्ट नामकरण गरिएको सांगीतिक कार्यक्रम दुबाईको आयोजना युएईमा रहेका रमेश ढकाल, मोहनसिंग लिम्बु सुजन रजक र हरि भुजेलले आयोजन गरेका हुने । सांगीतिक समुह नेपथ्यले यसअघि दुबईमा नेपालमा विनासकारी महाभुकम्पबाट पिडितहरुको लागि सहयोगार्थ कर्यक्रम सफल रुपमा सम्पन्न भैसकेको छ । २०१९ मार्च १५ तारिक हुने कार्यक्रमबाट संकलित मुनाफा भएको २० प्रतिसत रकम पनि गौतम बुद्द अन्तर्रा्ष्ट्रिय क्रिकेत रगंशाला निर्माणस्थलको लागी सहयोग गर्ने आयोजक बताएका छन ।

लोक, रक र पप गीतको फ्युजने मनोरन्जन प्रदान गर्दौ सामाजिक सेवामा समेत अग्रसर रहदै आएको छ । विश्व चर्चित सांगीतिक मञ्च वेम्बलीमा सांगीतिक प्रस्तुति समेत गरिसकोके एक मात्र सांगीतिक समुह हो। नेपालको पुरानो तथा चर्चित सांगीतिक समूहले भारत, अष्ट्रेलिया, अमेरिका बेलायतलगायतका देशमा सांगीतिक कार्यक्रम प्रस्तुत गरिसकेको छ ।

नेपथ्य ब्याण्डले हालसम्म नेपथ्य, हिमाल चुचुरे, मीन पचासमा, रेशम, भेडाको ऊनजस्तो, घटना, मेरो देश, ऐनाझ्याल लगाएतका एल्बम ल्याइसकेको छ । यस एतिहासिक नेपथ्यको सांगीतिक समुहको प्रस्तुतिमा हुने नेपथ्य लाइव कन्सट कार्यक्रमलाई भंब्य र सफल बनाउनको लागि आयोजकले त्यस दिन युएईमा अन्य कुनै कार्यक्रम नगरिदिनु अनुरोध गरिएको आयोजक रमेश ढकालले अनुरोध गरेका छन ।

नेपथ्य लाईफ कन्सट दुबईका आयोजकले कार्यक्रमलाई एतिहासिक रुपमा सफल बनाउन युएईमा कृयासिल सम्पूर्ण सामाजिक संस्थाहरु, जातिय संस्थाहरु, राजनितिक दलका भातृ संगठनहरु, बुद्धिजिवि, समाजसेवी,ब्यबसायी तथा पत्रकारहरु सबैलाई सहयोग गरिदिनुहुन अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस्