आज : २०७७ कार्तिक ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

किसानहरु निरास

सुन्तला जोन प्रमुख कमाउ धन्दामा

निर्मला थापा प्रकाशित : २०७५/९/७ गते
जाजरकोट

जिल्लाको कुशे गाउँपालिका, भेरी नगरपालिका–२ र नलगाड नगरपालिका–३ मा गतबर्षको माघ महिना देखि प्रधामन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन ईकाई सुन्तला जोन सञ्चालनमा आएपछि निकै शुखी बनेका त्यहाँका किसानहरु हाल निरास बन्न थालेका छन् । जीवन परिवर्तनको सुन्दर लक्ष्य राखेका किसानहरुले सुन्तला जोन प्रमुखनै कमाउ धन्दामा लागेको थाहा पाएपछि निरास भएका हुन् ।

सामुहिक खेती र बजारीकरणमा सहजता पैदागर्न सुन्तलाजन्य फलफुलहरुको ब्यबसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम संचालन भएपछि पुरातन कृषि प्रणालीवाट आर्जित किसानहरुमा नयाँ स्फुति देखिएको थियो । गाउँ–गाउँमा कृषि समुह–सहकारी र फर्महरु गठन भई दर्ता हुन थालेका थिए । सुन्तलाजन्य फलफुलहरुको ब्यबसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम किसानहरुको पहिलो गाँसमै ढुङ्गा सावित भएको छ ।

समुन्द्री सतहवाट १२ सय देखि १८ सय मिटर उचाई रहेको भु–भागमा सुन्तलाजन्य फलफुल खेतीको लागि उपयुक्त मानिने भएका हुदा कुशे गाउँपालिका, नलगाड नगरपालिका–३ र भेरी नगरपालिका–२ मा सुन्तोला जोन संचालन भएको थियो ।

सुन्तलाजन्य फलफुलहरुको ब्यबसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रमले किसानहरुलाई उपकरण खरिदमा ५० प्रतिशत, हार्वेस्टिङ्गमा ८५ प्रतिशत, बीऊ बेर्ना खरिद तथा उत्पादनमा ५० प्रतिशत अनुदान दिने बताईएको थियो । तर, गत बर्षको जेठ महिनामै सुन्तला, कागती, मौसम लगाएतका सुन्तलाजन्य फलफुलका विरुवाहरु वितरण गर्दा कुनै पनि जातका एक विरुवा बचाउन नसकिएको भन्दै त्यहाँका किसानहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रति विरुवा ४० रुपैयाको दरले समुहका सदस्यहरुवाट उठाएर ७ सय विरुवाको माग राखेर गत बर्र्षको जेठ महिनामै सुन्तोला जोन कार्यालय प्रमुखलाई पैसा बुझाएको भएता पनि आफुहरुले २ सय विरुवा मात्र पाएको वताउदै भेरी नगरपालिका–२ राङसीमा रहेको हरियाली फलफुल तरकारी कृषक समुहका अध्यक्ष रामबहादुर वलीले भने, ‘बाँकी ५ सय विरुवाको रुपैया हालसम्म हाकीमसाबले हामीलाई फिर्ता गर्नु भएको छैन्, उहाँले हामीलाई जेठ महिनामै दिनु भएको २ सय कागतीका विरुवावाट एक बिरुवा पनि बचाउन सकिएन ।’

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यन्वयन इकाई सुन्तला जोन, जाजरकोटले बुधवार पाँचकाटियामा आयोजना गरेको सार्वजनिक परिक्षण कार्यक्रममा बोल्दै हरियाली फलफुल तरकारी कृषक समुहका अध्यक्ष वलीले भने, ‘तपाईले हामीलाई दिनु भएको बिरुवा किन बचेनन् भनेर हाकिमलाई सोध्दा विरुवामा महामारी आएको भनेर हामीलाई जवाफ दिने गर्नु भएको छ ।’

सुन्तला जोनको आर्थिक सहयोगमा भेरी नगरपालिका–२ तिमिलेमा एक लाखको लागतमा निर्माण गरिएको सिंचाई पोखरी आयोजनाको भुक्तानी दिने वेला समुहवाट १० हजार काटेर राखेको सुन्तोला जोन व्यबस्थापन समितिका सदस्य पूर्णबहादुर खत्रीले जानकारी दिए । आयोजनाको अनुगमन बिनानै भुक्तानी दिने गरेको सदस्य खत्रीको आरोप थियो ।

जोन प्रमुख टंकप्रसाद रिजाल आफैले सामान खरिद गर्ने गरेको प्रेमबहादुर थापाले आरोप लगाए । पुराना क्यारेटहरु ल्याएर किसानहरुलाई वितरण गर्ने गरेको वताउदै थापाले भने,‘इण्डियावाट खरिद गरेर किसानहरुलाई वितरण गरिएका पुराना क्यारेटहरुको मुल्य प्रति क्यारेट ६ सय भनिराख्नु भएको छ, नेपालगञ्जवाट खरिद गरेर नयाँ क्यारेट प्रति पिस ५ सयका दरले यहाँ पुर्याउन सकिन्छ ।’

सुन्तला जोन ब्यबस्थापन समितिको परामर्श वेगर काम गर्दै आएको भन्ने आरोप खेपी रहेका सुन्तला जोन प्रमुख रिजालले गाउँ तथा नगरपालिकासंग कुनैपनि समन्वय नगरेर काम गर्दै आएको जनप्रतिनीधिले जनाउदै आएका छन् ।

कुशे गाउँपालिकाले निर्यातमुखी कृषि उत्पादनलाई जोड दिदै आएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले वताए । गत आर्थिक बर्षमा साढी चार करोड बजेट लगानी गरेर कुशे गाउँपालिकाले एक लाख मिटर लम्बाई मोटरवाटोको ट्रयाक खोलेको जानकारी दिदै अध्यक्ष बस्नेतले भने–‘हामी हाम्रो गाउँपालिकाका कुनै पनि टोल बाँकी नराखेर आगामी बर्षमै मोटरवाटो पुर्याउदै छौं, हामीले टोल–टोलमा मोटरवाटो पुर्याउनुको उदेश्य यो होईन कि इण्डिया तथा बहुँराष्ट्रिय कम्पनीले उत्पादन गरेको मालसामान विक्रि गर्ने बजार विस्तार गर्नलाई नभएर हाम्रा किसानहरुले निर्यातमुखी कृषि उत्पादन गरुन र उनीहरुले उत्पादन गरेको कृषि उपजलाई सजिलै बजारसम्म पुर्याउन सकियोस भन्ने हो ।’

कुशे गाउँपालिका समृद्धीको मुख्य आधार कृषि भएको बताउदै अध्यक्ष बस्नेतले भने, ‘प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यन्वयन ईकाइ सुन्तोला जोनले जनताको सवै भन्दा नजिक रहेको सत्ता गाउँ तथा नगरपालिकालाई सघाउने छ भन्ने हामीले अपेक्षा गरेका थियौं तर, परियोजना कार्यन्वयन ईकाइ सुन्तोला जोन प्रमुख ज्यु हामीसंग समन्वय र सहकार्य गर्ने पक्षमा हुनु हुन्न, म त भन्छु हामीसंग सहकार्य गर्न कठिनाई मान्ने, गाउँपालिकाको कृषि ईकाईले प्रति विरुवा ५ रुपैयाको दरले किसानलाई विरुवा वितरण गरिरहेको वेला प्रति विरुवाको ४०÷ ५० रुपैया किसानहरुवाट असुल गरेर समयमा विरुवा दिन नसक्ने कार्यक्रम जनमुखी हुन सक्दैन ।’

किसान विरोधी काम गरेको वताउदै परियोजना कार्यन्वयन ईकाई सुन्तला जोन प्रमुखलाई छुट दिन नसकिने वताउदै अध्यक्ष बस्नेतले भने, ‘गतबर्ष कार्यक्रमले गरेका सम्पुर्ण क्रियाकलापको एक–एक हिसाव किताव जनतासामु सार्वजनिक गर्नु पर्छ, यदि नगर्ने हो भने, कार्यक्रम झोलामा हालेर हाम्रो गाउँपालिकावाट फिर्ता लिए हुन्छ ।’

कार्यक्रम संचालन गर्ने क्रममा जाजरकोट जिल्लाको बस्तु स्थिति प्रति आफु जानकार हुन नसकेको वताउदै परियोजना कार्यन्वयन ईकाई सुन्तला जोन प्रमुख टंकप्रसाद रिजालले आगामी दिनमा सुन्तला जोन ब्यबस्थापन समिति र गाउँ तथा नगरपालिकाका जनप्रतिनिधीसंगै सहकार्य गरेर जाने वताए । प्रमुख रिजालले जनप्रतिनिधी र जोन ब्यबस्थापन समितिको निर्णय बीना आफुले कुनै पनि कार्यक्रम संचालन नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनको कार्यशैली प्रति असन्तुष्टी जनाउदै केही दिन अघि पाँचकाटियामा रहेको सुन्तला जोनको सम्पर्क कार्यालयमा किसानहरुले तालाबन्दी गरेका थिए ।

प्रतिकृया दिनुहोस्