आज : २०७७ कार्तिक १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

निर्मला पन्त हत्याप्रकरणको नयाँ तरिकाले छानविन सुरु

डिजिटल संचार संवाददाता प्रकाशित : २०७५/५/१० गते
धनगढी

निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै उठेको आन्दोलन काठमाडौँसम्म फैलिइरहेको छ । शनिबार काठमाडौँमा पनि निर्मलालाई न्यायको लागि भन्दै प्रदर्शन गरियो ।

 

सेती–महाकालीका अन्य जिल्लाहरुमा पनि प्रदर्शन जारी छन् । एसपी डिल्लीराज विष्टलाई निलम्बन गरेर सुरु गरिएको छानविन समितिले शून्यबाट काम गरेको छ । आन्दोलनकारीको मागअनुसार प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई पनि सरकारले फिर्ता बोलाएर घटनालाई नयाँ सिराबाट छानविन सुरु गरेको छ ।

 

सरकारले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई फिर्ता बोलाउँदै छानविन समिति गठन गरेसँगै केही शान्त भएको महेन्द्रनगर शुक्रबार एकाएक तात्यो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले घटनाबारे दिएको अभिव्यक्तिलाई लिएर शुक्रबार आन्दोलनकारी सडकमा निस्किए ।

 

विरोध प्रदर्शन मात्रै गरेका पीडितमाथि प्रहरीले गोली बर्षायो । प्रहरीले सामान्य विरोधमै गोली चलाएको आरोप आन्दोलनकारी छ । प्रहरीको गोली लागेर शनी खुनाको मृत्यु भयो भने १६ जना घाइते भए । यो घटनापछि निर्मला हत्याकाण्ड विषायन्तर हुने चिन्ता पनि बढेको थियो । स्थानीय प्रशासनले फेरि कर्फ्यू जारी गर्यो । आजसम्म पनि पूर्ण रुपमा हटेको छैन । शनिबार दिनभर जारी रहेको कर्फ्यू आइतबार केही घण्टाको लागि फिर्ता लिइएको थियो ।

 

पीडित परिवार र आन्दोनलकारीको अर्को माग थियो, निर्मलाकी साथी र उनकी दिदीलाई पक्राउ गर्नुपर्ने । एसपी विष्ट कञ्चनपुरमा रहेसम्म पक्राउ नगरिएकी रोशनी र बबितालाई प्रहरीले शनिबार विहान पक्राउ गरेको छ । उनीहरुको बसाई र अभिव्यक्तिप्रति निर्मलाका घर परिवारलाई शंका लागेको छ । विशेषगरी बबिताले ‘पोइल गई होली, लास पनि त्यही होला’ जस्ता शब्द प्रयोग गरेको हुँदा बढी शंका बढेको हो । सुरुमा निर्मलाकी आमा घरमा पुगेर बबिता नफर्केको भनेपछि ‘पोइल गइहोली’ भनेकी थिइन् भने साइकल भेटिएपछि फेरि सोध्दा ‘लासपनि त्यही होला’ भनेको निर्मलाका परिवारको दाबी छ ।

 

स्थानीयका अनुसार बबिताको घरमा प्रयाः केही युवाहरुको आवत जावत हुने गर्थो । भीमदत्त नगरपालिका वडानम्बर १८ स्थित घरमा बबिता र उनकी बहिनी रोशनी बस्थिन । निर्मला आफूसँगै पढ्ने रोशनीलाई भेट्न गएको बेला वेपत्ता भएकी थिइन् । एसपी विष्ट र बम परिवारको सम्बन्धप्रति पनि स्थानीयले शंका गरेकै थिए । हुन त दुबै परिवार दार्चुलाकै भएका कारण यसलाई अन्यथा नलिएपनि बबिता र रोशनीलाई पक्राउको माग गर्दै गोली चल्दासम्म किन पक्राउ गरिएन भन्ने प्रश्न सबैले गरेका छन् ।

 

बबिताको अभिव्यक्तिका आधारमा निर्मलाको बलात्कार र हत्यामा उनीकहाँ आउने व्यक्तिको संलग्नता हुन सक्ने अनुमानका आधारमा उनीमाथि प्रहरीले अनुसन्धान गरेको छ । यसअघि प्रहरीले बबिता र उनकी बहिनी रोशनीको फोन ट्याप गर्दा पनि घटनासँग सम्बन्धीत कुनै प्रमाण फेला नपरेको बताएको थियो । कतिपय स्थानीयले बबितालाई भेट्न आउने व्यक्ति निर्मलाको हत्यामा संलग्नता हुन सक्ने शंका गरेका छन् । स्थानीयले भनेझैं केही बबितालाई नियमित भेट्न आएकै हुन् उनीहरु को हुन् भन्ने पनि खुल्ला ।

 

बबितलाई नियमित भेट्न जाने प्रेमी हुन् वा आफन्‍त हुन भन्ने खुल्न बाँकी छ । दुई जना व्यक्ति नियमित बबिताको घर जाने भएकोले उनका प्रेमी हुन सक्ने पनि शंका स्थानीयले गरेका छन् । एसपी विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका नाता लाग्ने युवा बबितालाई भेट्न जाने गरेको स्थानीयको भनाई छ । एसपी र मेयरका आफ्न्तकै संलग्नतामा निर्मलाको हत्या भएको हुन सक्ने पीडित परिवारलाई शंका लागेकै छ । तर, मेयर विष्टले सार्वजनिक रुपमै कोही व्यक्ति आफन्त भएपनि अपराध आफन्त हुन नसक्ने भन्दै कारवाहीको लागि सहयोग गर्ने बताइसकेका छन् ।

 

यो शंका दुई कोणबाट गरिएको छ । पहिलो, निर्मला बबिताको घरमा पुग्दा कुनै गलत कार्य भइरहेको देखेपछि घटना भएको हुन सक्ने र दोस्रो, बबितासँग भेट्न आउने व्यक्तिले निर्मलालाई गलत कार्य गर्न खोज्दा प्रतिकार गर्दा हत्या गरिएको हुन सक्ने । यी दुईवटा शंका पनि स्थानीय र पीडित परिवारले गरेका छन् । यस्तो नहुन पनि सक्छ तर शंका गरिएको छ ।

 

बबिताका दिदीवहिनीलाई पक्राउ गरेर अनुसन्धान भइरहेको हुँदा अनुमान र शंका धेरै गर्नु ठिक नहोला तर अनुसन्धान पनि शंका गरिएकै विन्दुबाट सुरु हुन्छ । हुन सक्छ छिमेकी भनेजस्तो बबिता नराम्रो काम गर्ने युवती नहुन पनि सक्छन् । तर, उनका अभिव्यक्तिकै कारण शंकाको घेराभित्र परेकी हुन् ।

प्रतिकृया दिनुहोस्