शिविरको पहिलो दिन ४२ जना विरामीको स्वास्थ्य जाँच तथा परामर्श सेवा
भेरी नगरपालिकाले मंगलबारदेखि मानसिक स्वास्थ्य शिविर संचालन गरेको छ । मानसिक रोगका विरामीहरुको स्वास्थ्य जाँच गर्नुको साथै औषधी उपचार गर्न नगरपालिकाले मानसिक स्वास्थ्य शिविर संचालन गरेको हो । शिविर संचालनको पहिलो दिन ४२ जना बिरामीहरुको स्वास्थ्य जाँच गर्नुको साथै परामर्श सेवा प्रदान गरिएको नगर स्वास्थ्य शाखा प्रमुख निशा थापा केसीले...
जिल्ला प्रशासन कार्यालय, जाजरकोटमा कार्यरत कर्मचारीहरुले बत्ती बालेर रातिपनि नागरिकलाई सेवा प्रदान गरेका छन् । कार्यालय समयभन्दा पछि सेवा लिन कार्यालयमा आईपुगेका बहुँअपाङ्गता सेवाग्राहीलाई कार्यालयमा कार्यरत कर्मचारीहरुले बत्ती बालेर रातिपनि सेवा प्रदान गरेका हुन् । छेडागाड नगरपालिका–३ दशेराकी २५ बर्षिय पानसरा जैसी, २० बर्षिय बिरेन्द्र भट्टराई र १८ बर्षिय डिल्ली...
आयोजना बिस्तृत अध्ययन प्रतिबेदन (डिपिआर) रिपोर्ट बन्न अझै ८ महिनाको समय लाग्ने
नलगाड हाईड्रोपावर कम्पनी लिमिटेडले ९५ प्रतिशत जग्गा अधिकरणको काम सम्पन्न गरेको छ । कतिपयको अंशबण्डा हुन बाँकी रहेको, आपसी बिवाद र कतिपय बिदेशमा रहेका नागरिकहरुको नाममा रहेको जग्गा बाहेक अन्य सबै जग्गा नलगाड हाईड्रोपावर कम्पनी लिमिटेडले अधिकरण गरेको हो । नलगाड हाईड्रोपावर कम्पनी लिमिटेडले ९५ प्रतिशत जग्गा अधिकरण गरिसकेको लिमिटेडका...